Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

थाकेका राजाको आक्रामक सन्देश

०९ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

 http://nepaltoday.com.np/home/politics_detail?id=7538
प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आप्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरूले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फूर्त एवं लोकसम्मत हुन्छ र हुनुपर्छ । – ज्ञानेन्द्र शाह
पूर्वराजा अर्थात ज्ञानेन्द्र शाहका २०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछिका सबैभन्दा आक्रामक सन्देश हो यो । हरेक पर्व पर्वमा दिने सन्देशलाई सबैले ध्यान दिएर सुन्ने गरेका छन् । यसपल्ट फाल्गुन ७ गतेको सन्देश विशेष अर्थपूर्ण र जोशिसलो पनि अनुभूति गरियो ।
यो सन्देशले गरेको सङ्केत भनेको विश्रामबाट पूर्वराजा उठेको अर्थमा पनि बुझ्न सकिन्छ । यही सन्देशका कारण अब संविधान, संसद, सरकार असफल भयो, बेथिति सम्हाल्न पूर्वराजा अग्रसर हुने भए भन्ने धेरैले आशा गरे । तर हरेक पर्वमा झैं फाल्गुन ७ को यो आगोजस्तो सन्देशपछि पनि स्थिति चिस्सिन थालेको देखिन्छ ।