Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मिस फायर भयो चीनको चिन्ता

०९ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । माओवादीले ०६८ सालमा अमेरिकासँग मागेको एमसिसी परियोजनाले नेपालमा चीन र भारत दुबैको नेपालनीतिलाई असफल पारिदियो ।
भारतका पूर्व जलस्रोत सचिव रामास्वामी आइयर उहिल्यै भनेका थिए– लिखितमका सामु बकितमको अर्थछैन । संकल्प प्रस्ताव भारतले मान्दैन । यस्तै देखियो एमसिसीका सम्बन्धमा पनि । कांग्रेस संकल्प प्रस्ताव भनिरहेको छ, महाकालीमा संकल्प प्रस्तावले के लछा¥यो ? कुनै पनि विदेशी सहयोगमा उनीहरूको रणनीति लुकेकै हुन्छ । कसरी राष्ट्रहितमा प्रयोग गर्ने भन्ने नेतृत्वको क्षमता हुनुपर्छ । हो, एमसिसीका सम्बन्धमा बाम काइदाले नेताहरूलाई फाइदा भयो होला, जनता जनताबीच हिंसा भड्काउने काम पनि बाम पक्षले नै गरिदिए ।
नेतृत्व कति असक्षम रहेछ भने सहयोग लिनुपनि पर्ने, अमेरिका र चीनजस्ता शक्तिहरूलाई चिढाएर र आफ्नो भूमिलाई खेल मैदान बनाएर । अझै भारतले आफ्नो अनुहार त देखाएकै छैन । त्यसपछि नेपालको हालत के होला ? नेपाल त्रिपक्षीय खेल मैदान बनाएरै छाडे बामले । अब बाम राजनीति पातलिने छ ।