Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ब्यूतियो राप्रपा नेपाल

०२ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । राप्रपाबाट अलग भएँ भनेका पूर्वअध्यक्ष कमल थापाले राप्रपा नेपाल ब्यूँताएका छन् । घोषणासभा फागुन ७ मा हुने भनिएको छ ।
कमल थापाका अनुसार देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत भनेका हुन् । थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरेका थापा आफूहरूले २०७३ सालदेखि बाटो बिराएको भन्दै नियतीले ठीक ठाउँमा ल्याइपु¥याएको भनेका छन् । थापाले ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने स्पष्ट पारेका छन् ।
थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले बाहिर स्नेह र सद्भाव देखाउने गरेको तर माग सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । महाधिवेशनमा पराजित भएपछि निर्मल निवासले हस्तक्षेप गरेको भनिरहेका थापाले राजतन्त्रलाई त्यागेको छैन भन्ने सङ्केत दिंदै भनेका छन्– आफूले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रूपमा हेर्न चाहेको हो । यसअघि उनले ट्वीट गरेका थिए– अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरू प्रति म सदैव गौरव गरिरहने छु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।