Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतले मानेन, मनाउने कसले ?

२४ सोमबार , माघ २०७८३ बर्ष अगाडि

भर्खर फर्काइएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भनेका छन्– इपीजी रिपोर्ट बुझाउन खोजेको भारतले लिएको छैन । कालापानी क्षेत्रमा भारतको नियन्त्रण छ । कालापानी, लिपुलेकको सीमाबारे कुराकानी गर्न खोज्दा भारत तयार हुनुपर्ने हो । भारत तयार नभएरै समस्या निस्केको हो । अन्तर्राष्ट्रियकरणमा उफ्रिहाल्नु हुँदैन । त्यो जमिन हाम्रो हो, हामीले पाउनुपर्छ । आफ्नो एजेण्डा वा दाबा गर्न छाड्नु हुँदैन । त्यो जमिन फिर्ता ल्याउने उपाय खोजिरहनुपर्छ ।
भारतले मानेन, मनाउने कसले ? भारतका नीतिनिर्माता, शासक, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरूसँग  प्रभावशाली व्यक्तित्वहरूसँग नेपालका राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक व्यक्तित्वहरूको सुमधुर सम्बन्ध छ । ती सबै सम्बन्ध भएकाहरूले नेपाल–भारतबीचको चिसोपानलाई हटाउन प्रयत्न गर्नुपर्ने हो । सरकार चुप, के खाँचो भनेर बसेका छन् यस्ता व्यक्तित्वहरू । यस्तै व्यक्ति हुन् संहिताशास्त्री अर्जुनप्रसाद वास्तोला । भारतका अनेक पीठहरूका शंकराचार्यहरूदेखि राजनीतिक तहमा समेत उनको प्रभाव देखिन्छ । यस्ता प्रभावशाली व्यक्तिहरूले आफ्ना प्रभाव राष्ट्रका लागि उपयोग गर्नु उचित हुनेछ ।
मान्छे अमर छैन । मान्छे एकदिन मर्छ । मान्छे मरेपछि ऊसँग भएका प्रभाव पनि मर्छ । रहने सामाजिक र राष्ट्रिय जीवनमा गरेको कीर्ति हो । सरकार र नेतृत्व असक्षम भएपछि यस्तो कीर्ति राख्ने अवसर व्यक्तिहरूलाई प्राप्त भएको छ । जसको जस्तो खालको क्षमता र हैसियत छ, त्यो अनुसार सङ्कटमा फसेको राष्ट्रलाई, नेपाली अस्तित्वलाई बचाउनमा किन उपयोग नगर्ने ? केही विश्लेषक र पर्यवेक्षकहरू समाजका हरेक तप्कासँग विवेकको अपेक्षा राखेको बताउँछन् ।