Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेना पनि परीक्षामा

२४ सोमबार , माघ २०७८३ बर्ष अगाडि

प्रधानसेनापति प्रभूराम शर्माले मकवानपुर पुगेर अर्थपूर्ण अभिव्यक्ति दिएका छन्– कहीं कतैबाट पनि देशमाथि खतरा भएमा सेनाले जस्तोसुकै कदम चाल्न पनि तैयार रहेको छ । नेपाल देशको रक्षाका लागि नेपाली सेना कटिबद्ध छ ।
चिसापानी गढीमा बोलेको प्रधानसेनापतिको यो अभिव्यक्तिले राजनीतिक वृत्तलाई समेत तताएको छ । कारण राजनीति असफल हुँदै गएको छ, लोकतन्त्र अव्यवस्थित भएको छ, अस्थिरता र अराजकता बढ्दै बढ्दै न्यायालय, अख्तियार, निर्वाचन आयोग, राजदूतहरूका विषयसमेत विवादित भएका छन् र ठूलो समस्या एमसिसी पास गर्ने विषय माखेसाङ्गलो बनेर तरङ्ग फैलाइरहेको छ । जनआन्दोलित सडकमा प्रहरी, सशस्त्रले नियन्त्रण गर्न नसके हिंसा फैलिएर रक्तपातसम्मको खतरा देखिन थालेको छ । यहीकारण प्रधानसेनापति चिन्तित भएको हुनुपर्छ । नागरिक र देशको सार्वभौमिकताको मुद्दा उठाएको हुनुपर्छ ।