आजदेखि राप्रपा नेपालले हिन्दूराष्ट्र कायम गराउने चर्को आन्दोलन थाल्ने भएको छ। अध्यक्ष कमल थापाको 'अर्जुन अवतार'का सारथी कुन कृष्ण बन्ने हुन्, स्पष्ट नभए पनि दशरथ रंगशालामा जम्मा हुने हिन्दूहरुको जमातले हिन्दूराष्ट्र पुनर्स्थापना गराउने राप्रपा नेपालको अभियानमा राजधानीलाई छपक्कै पार्छ कि पार्दैन? आन्दोलनको महत्व र तीब्र दबाबको तापक्रम त्यहीँ दृश्यबाट देखिने छ। यदि हिन्दूहरु घर घरबाट निस्किए भने ९४ प्रतिशत ॐकार परिवार हिन्दूराष्ट्रलाई संवैधानिक मान्यता दिलाउन सफल होलान्् अन्यथा धर्मनिरपेक्षताका पक्षधरहरुको ष्बाक्लो षडयन्त्रलाई चिर्न राप्रपा नेपालले पनि सक्नेछैन।
त्यसो त दिल्लीको जन्तरमन्तरमा हिन्दू धर्मसभा गरेर फर्किएका हिन्दरुाष्ट्र महाभियानका अभियन्ता कांग्रेसी केन्द्रीय सदस्य खुमबहादुर खड्काको अभियान पनि राप्रपा नेपालसँग मिसिने कि नमिसिने भनेर अझै द्विविधामा छ। हिन्दूवादीहरु हिन्दूभन्दा पनि व्यक्तिवादी बनिदिदा ९४ प्रतिशत ॐकार परिवारको ४ प्रतिशत पनि एकतावद्ध छैन। अनि हिन्दूधर्मलाई क्रिश्चियनकरण गरिदैछ भनेर कोलाहल गरेर के गर्नेु? हिम्मत र साहस देखाउने बेला यही हो। हिन्दू एकता प्रदर्शन गर्ने बेला पनि यही हो। संविधानसभालाई नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर चित्तबुझ्दो शक्ति प्रदर्शन गर्ने समय यही हो। यो समयमा कोठा, मन्दिर, विदेशतिर धाउनुभन्दा हिन्दू हुँ भन्नेले राप्रपा नेपालको संविधान जारी नहुन्जेलसम्मको आन्दोलनमा साथ र सहयोग दिन अग्रसर हुनुपर्छ। खुमबहादुर खड्का समूहले पनि आजैदेखि आन्दोलनमा उत्रने घोषणा गरेको छ। हिन्दूहरुलाई दमन गर्न धर्मनिरपेक्षतावादीहरुले राज्यलाई उक्साइरहेका छन्। हिन्दूवादीको भेल उर्लियो भने राज्य र क्रिश्चियनको डलर डकार्नेहरुले हिन्दूहरुलाई कैलालीको सम्झना गराउने धमासका स्वरहरु पनि सुनिन थालेका छन्। राज्य कैलालीमा जस्तो राजधानीमा निर्लज्ज भइदियो भने ठूलै रक्तपात हुनसक्छ। संयमता हिन्दूवादी, राज्य र राजनीतिक दलहरुले अपनाउनै पर्छ। हिन्दूवाद राष्ट्रिय मुद्दा भएकाले समस्या चर्काउनुभन्दा जनमत संग्रहमा जाने हिम्मत देखाउनु पर्छ। जनमतको नाम चार नेता सुन्नै चाहदैनन्।