Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिड तात्यो, पिंध तातेन

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । परिवर्तनकारी नेतृत्व अभिभावक बन्न सकेनन् । एकजना नेता पनि अनुशासित र सुशासक बन्न सकेनन् । देश र जनताका लागि त्याग र तपस्यामा देखिएनन् । नेताका कारणले आफले बनाएको संविधान आफैले ध्वस्त नष्ट पारे । लोकतन्त्र असफल भयो ।
देश र देशवासी टुहुरो भएकै हो । भविष्य अन्धकारतिर धकेलिदैछ । आमनागरिक वाक्क छन्, अभिभावक चाहियो भन्छन्, नेपालको राजनीतिक तस्वीर यही हो ।
यो सत्य परिवर्तनका संवाहक बनेका नागरिक समाज बोल्दैन । बुद्धिजीवी विवेकशून्य भएर बसेका छन् । जनता र सरकारबीचको पुल बन्नुपर्ने प्रेस दलको दलदलमा भासिएको छ । प्रत्येक नेतालाई पनि थाहा छ, स्थिति सम्हाल्न सकिएन । प्रत्येक दलका अथवा दलबाहिरका युवालाई पनि थाहा छ, कानुनव्यवस्था भताभुङ्ग भइसक्यो । कोही अग्रसर छैनन् । जनताको चित्कार कोही सुन्दैनन् । बिड तातेको छ, पिँध तातेन । राष्ट्रका सामु यक्ष प्रश्न उभियो– राष्ट्रलाई असफल पारिदिने ?
दवाव झेल्न सकेनन्
काठमाडौं । राष्ट्रपतिले समयमै चुनाव गर्नु भनिन्, निर्वाचन आयोगले चारपल्ट सरकारलाई चुनावको मिति तोक्न ताकेता ग¥यो, माघ १४ को कांग्रेसको बैठकमा स्थानीय चुनाव गर्नुपर्ने कुरो उठ्यो, सत्तामा नटाँस्सिएका संविधानविदहरूले पनि चुनाव गर्नैपर्ने सुझाव दिए, माघ १५ गते बसेको पाँच दलीय गठबन्धन र उच्च स्तरीय संयन्त्रको बैठकमा प्रम देउवाले चुनावमा जानैपर्ने बताए ।
त्यसपछिको देउवा, प्रचण्ड र माधव नेपालको गोप्य बैठकले एमालेले भनेजस्तो वैशाखमा होइन, जेठमा चुनाव गर्न सहमति जनाए । आश्चर्य के छ भने चुनावका लागि प्रचण्ड र माधव नेपालले गठबन्धन तोडिनु नहुने र बाझिएका कानुन, ऐन संशोधन गर्नुपर्ने सर्त अघि सारे, यो सर्तलाई प्रम देउवाले स्वीकार गरेपछि मात्र चुनावमा जाने सहमति हुनसक्यो । कांग्रेसजन भन्छन्– बल्ल सभापति देउवा सुल्टो पल्टिए । यद्यपि कांग्रेसभित्र एक्लै चुनावमा जानुपर्ने आवाज उठिरहेकै छ ।
शनिवारै साँझदेखि माधव नेपालले भन्नथालेका छन्– वैशाखमै गरे पनि चुनावमा जान तैयार छौं । हामी डराउन्नौं । विश्लेषकहरूले सामाजिक सञ्जालमा तीतो टिप्पणी यसरी लेखे– कसो चुनाव जिताउनै पर्ने सुनिश्चितता खोजेनन् ?
अर्थात गठबन्धन नगरी चुनावमा नजाने ५ दलीय सरकारको सहमति एमाले हराउनै पर्ने भद्रगोल नै हो । भद्रगोल राजनीतिले गणतन्त्रको जगेर्ना गर्दैन । लोकतान्त्रिक विधि र प्रक्रिया बिथोल्नु बिथोलेपछिको चुनाव कस्तो होला ? 
कति हो यकिन जनसङ्ख्या ?
काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरातिर गणक गएनन्, गणना भएन तर तथ्याङ्क विभागले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ भनेर सार्वजनिक गरिसक्यो । जनसङ्ख्या बृद्धिदर ०.९३ भनेको छ । विदेशमा बसोबास गर्ने नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ भनेको छ ।
यो तथ्याङ्कलाई विश्लेषकहरूले सही मानेका छैनन् । खासगरी बिना गणक लिपुलेक, लिम्पियाधुराको जनसङ्ख्या कसरी समावेश गरियो होला ? यसको विश्वसनीय आधार के होला ? तथ्याङ्क विभागको हचुवाको भरलाई मानिदिनुपर्ने हो ?