Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साढे पस्यो भने दरवारलाई गोठ बनाइदिन्छ

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

सेडिफ कवास । यी महिला हुन्– टर्कीकी पत्रकार । उनले लेखिछिन्– ‘कुनै मैमत्त साँढे राजाको दरबार पुग्दैमा त्यो राजा बन्दैन, बरू उल्टो दरबार लाई नै गोठ बनाएर छोडिदिन्छ ।’
देशको स्थिति जे छ त्यही मेरो विचार हो । म राष्ट्रपति Recep Tayyip Erdogan सँग माफी माँग्न सक्दिन, नेतृत्व सुध्रिनैपर्छ । यसपछि उनलाई पक्राउ गरियो, मुद्दा लगाइयो । उनी चर्चामा छिन् । समाचार आयो– Turkish journalist could face prison over tweet-
Prosecutors seek five year jail term for anchor woman who hinted of cover up of 2013 govt corruption scandal  Sedef Kabas, a broadcast journalist and anchorwoman, has been charged with “targeting public servants tasked with fighting against terrorism,” 
नेपालमा लोकतन्त्र छ । संविधान छ, संविधानले पूर्ण रूपमा वाक तथा प्रकाशन स्वतन्त्रता दिएको पनि छ । तर सरकार, संसद, पदाधिकारीहरू जनताप्रति जवाफदेही छैनन् । उनीहरूलाई लोकप्रति, राष्ट्रप्रति जवाफदेही नभएको आरोप आमनागरिक र स्वतन्त्र व्यक्तिहरूबाट दिनदिनै लागिरहेको छ । जनताको तर्फबाट जनमतप्रति जिम्मेवार हुन जतिसुकै भने पनि उनीहरू गैरजिम्मेवार भइरहेका छन् । यसैका कारण सरकार आलोचित छ, संसद संसदजस्तो छैन । नागरिक समाज मौन छ, बुद्धिजीवी विवेकहीन भएका छन् । कुशासन व्याप्त छ, सुशासनका लागि प्रेरित गर्ने कोही छैनन् । हरेक पार्टी र राज्य संयन्त्रका नेतृत्व अक्षम देखिन्छ, सर्वत्र नैतिकहीनता भेटिन्छ । अर्थात्, शासन अराजक भइदियो भने सेडिफ कवाफजस्ता विद्रोही जन्मिन्छन्, उनीहरू दमन शासनबाट डराउँदैनन् । शासन सत्ता लोकविचारबाट आत्तिन्छ । नेपालमा पनि यस्तै असन्तुष्टि बढ्दैछ ।
नेपालका सन्दर्भमा पनि यी महिला पत्रकारले भनेजस्तो स्थिति विकसित भइरहेको छ । लोकदरवारलाई चित्रबहादुर केसीले भनेजस्तो गोठ लाग्न थालेको छ । राजा फाल्ने शक्तिहरू आफूलाई महाराजा ठान्न थाले । जङ्गलको ध्रुवे हात्तीजस्तो अथवा किसानको बाली खाने छाडा साँढेजस्तो चरित्र सर्वत्र व्याप्त छ । यिनले सिर्जना गरेका ७ सय ६१ सरकार, सबैतिर अनियमितता र भ्रष्टाचारमात्र बढ्दैछ ।
यो स्थिति भनेको यी पत्रकार महिलाले भनेजस्तै हो– ‘कुनै मैमत्ता साँढे राजाको दरबार पुग्दैमा त्यो राजा बन्दैन, बरू उल्टो दरबार लाई नै गोठ बनाएर छोडिदिन्छ ।’ हामीले भोगेको लोकतन्त्र यस्तै हो ।
पर्यवेक्षक र विश्लेषकहरू भन्छन्– आफूलाई लोकतन्त्रका सर्वेसर्वा ठान्ने वर्तमान नेपालका मैमत्ता साँढेहरूले टर्किस पत्रकारको यो भनाई बाट केही सिकुन् । आफूलाई सच्याउन् । आमनागरिकमा बढेको असन्तुष्टिप्रति सावधान होउन् ।
नेपालीले जिम्मेवार लोकतान्त्रिक शासन खोजेका हुन्, छाडा साँढे होइन । हाम्रो शासन व्यवस्था लोकमैत्री कहिले बन्ने ? लोकतन्त्रका सामु उभिएको यक्ष प्रश्न यही हो ।