Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दसौं हजार शहीदको देश

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । देशका लागि सहादत हुनेलाई शहीद मान्नुपर्ने हो । शब्दकोषअनुसार देश, संस्कृति र अस्तित्वको लागि बलिदान भएर लोकहितमा लाग्ने व्यक्ति शहीद हो । दुर्घटनामा मर्नेलाई समेत पार्टीले झण्डा ओढाइदिएपछि शहीद बनाउने पार्टी प्रतिस्पर्धा बढेको छ । १९३३ फागुन २ गते गोरखामा रूखमा झुण्ड्याएर मारिएका राणाविरोधी लखन थापालाई २०७२ असोज ३ गते बल्ल शहीद घोषणा गरियो । मोदनाथ प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा बनेको आयोगले १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । ती तर तिनले पनि जसलाई पनि शहीद बनाउने प्रचलनमा असन्तुष्टि जनाएका छन् ।
जनआन्दोलनमा मर्ने २६ जनालाई शहीद मानियो । त्यसपछि विभिन्न आन्दोलनमा मारिएका १९० लाई २०७४ साल माघ ३ गते पार्टीहरूले शहीद घोषणा गरिदिए । २०६५ पुस ९ गते ६३४४ र २०६७ सालमा शान्ति मन्त्रालयमार्फत १६१९ लाई शहीद घोषित गरियो । मधेश आन्दोलन, अन्य आन्दोलनमा मारिएका थुप्रै शहीद घोषणा गरिएको छ । २०७४ मा आन्दोलनमा मारिएका चार सुरक्षा निकायका २८०७ शहीद घोषित भए । शहीदको यकिन तथ्याङ्क गृह मन्त्रालयमा समेत छैन । विश्लेषक भन्छन्– शहीद घोषणा गरेपछि राज्यले १० लाख दिने नीति लिएपछि कोही म¥यो कि पार्टीको झण्डा ओढाइदिने र शहीद भन्ने गरिएको छ ।