Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अपराधमाथि सरकार

१० सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । बहालवाला मन्त्री रेणु यादवले २०६३ सालमा फोरमले २७ माओवादीलाई मारेझैं गौर नरसंहार दोहो¥याइदिने हुङ्कार गरिन् । प्रधानमन्त्री र गठबन्धन पाँचै दल सुनिरहे । यस्ता मन्त्रीलाई कारवाहीको माँग उठिरहेको छ, प्रधानमन्त्री सुन्दैनन् ।
यस्तो सरकारले विधिको शासन चलाएको छु, बिगत ६ महिनामा ठूलै काम गरें भन्छ भने त्यो हावागफमात्र हो । यो लोकतन्त्रकै बलात्कार हो ।
गगनको मुखमा बुजो
ओली प्रधानमन्त्री हुँदा निकै गर्जने गगन थापाको मुखमा बुजो लागेको छ । सत्ताधारी कांग्रेसको शासनकालमा २४ लाख कोरोना खोप गायव भयो । छिटो खोप ल्याउ भन्ने कांग्रेसले २४ लाख खोप कालोबजारमा बेच्दा गगनजस्ता युवा मौन बस्नुहुन्छ ? आफ्नो विवेक आफैले मार्ने युवा भए के नभए के ?
 माधवमा नैतिकता
भित्र भित्रै गठबन्धनको लाभ उठाउन पहिले संघीय संसदको चुनाव गरौं भन्ने प्रचण्डभन्दा माधव नेपाल समाजवादी देखिएका छन् । उनले भनेका छन्– संविधान बमोजिम चुनाव गरौं । झगडा ओली र माधवबीच छ । चुनाव जित्नेभन्दा पनि संविधानअनुसार अघि बढौं भन्ने माधव नेपाल सबैभन्दा खरो समाजवादीका रूपमा देखापरेका छन् ।
 अािर्थक  स्थिति नाजुक
राष्ट्रको आर्थिक मेरूदण्ड भाँचिने अवस्थामा पुगिसकेको छ । बैंकहरू ऋण दिन नसक्ने अवस्थामा छन् । तरलता साह्रै घटिसकेको छ । आयातमुखी अर्थतन्त्रले आर्थिक सङ्कटका सूचकहरू देखाइसकेका छन् । तैपनि बुझो न सुझो, प्रम देउवा भन्छन्– गठबन्धन सरकार आएपछि आर्थिक क्रियकलापमा उल्लेख्य सुधार भयो । अर्थमन्त्री खुशी भए पनि प्रम देउवाका कुरा सुनेर अर्थविदहरू जिल्लाराम परे ।
सभामुखमाथि नै प्रश्न
संसदका सभामुख छन् अग्निप्रसाद सापकोटा । जसमाथि अर्जुन लामाको हत्याको आरोप छ, उही सभामुख । विधि निर्माताको नाइके । संसदमा प्रतिनिधित्व गर्ने सांसद कस्ता हुन्, कम्तिमा अदालतमा मुद्दा चलिरहेको व्यक्ति सभामुख हुनुहुन्न भन्न कोही नसक्ने ? यस्तो संसदले काम गरेन, चलेन रे । चले के नचले के ? देशमा दण्डहीनता छ, संक्रमणकालीन न्याय स्थापित हुनसकेन । स्थापित गर्न नसक्ने संसद चले के नचले के ?
भारतले जति सीमा मिचे पनि संसद चासो राख्दैन । छिमेकी रक्षामन्त्री, प्रधानमन्त्रीले नेपालको लिपुलेकबाट राजमार्ग बनिरहेको घोषणा गरे पनि सुनिरहने हो यो गठबन्धन सरकार । ५ दलीय गठबन्धन सरकार भन्नु र बारीमा चरा भगाउन राखेको पुतलामा फरकै के छ ?
किन मारिए मुक्तिनाथ
काठमाडौ– ‘२०५८ माघ ३ गते विद्यालयमा मिटिङ्ग छ, छिट्टै जान्छु भनेर घरवाट निस्कनु भयो । २ नबज्दै हामीले उहाँलाई माओवादीले अपहरण गरेको खवर पायौं । साँझपख उनलाई मारिसकेछन् । 
संस्कृत पढाएको र चन्दा दिन्न भनेको आरोपमा उहाँलाई मारिएको रहेछ । मुद्दा सर्वोच्चमा छ, तारेख छोरा सुमनले बोकिरहेका छन् । तिनले न्याय कहिले पाउने ?
‘तानाशाह वा सामन्तीको सफाया गर्दै जनसत्ता गठन गर्ने’ योजनामा लमजुङ्का माष्टर मुक्तिनाथ अधिकारी को हत्या गरियो । उनकी श्रीमती अहिले पनि राज्यलाई सोधिरहेकी छिन्– न्याय कहाँ छ ? छोरा सुमन भन्छन्– २०५८ माघ ३ गते दिउँसो । माओवादीहरू जबर्जस्ती कक्षाकोठामा पसे । शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे । हात पछाडि डोरीले बाँधेको अवस्थामा गह्राको डिलमा रहेको उत्तीसको रूखमा आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे । टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरेछन् ।
अधिकारी परिवारको न्यायको यात्रा जारी छ, टुङ्गिने कहिले ?