Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वास्थ्य मन्त्रालय हो कि चोर अड्डा ?

१० सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । जीवन बुटीका रूपमा खरिद गरिएको २४ लाख कोरोना खोप स्वास्थ्य मन्त्रालयबाट चोरी भएपछि प्रश्न उठेको छ– यो मन्त्रालय हो कि चोरको अड्डा ? होनहार ५ दलीय गठबन्धन सरकार र सरकारका मन्त्री विरोध खतिवडाले हप्ता दिन बितिसक्दा पनि भन्न सकेनन्– २४ लाख डोज खोप कसले चो¥यो ? मन्त्री, सचिव, अरू कर्मचारीको सबैभन्दा बढी ध्यान खोप वितरणमा हुनुपर्ने बेलामा खोपको बही खाता छ, खोपका बाकस नै छैनन्, खोप नै गायव ? खोप चोरिनु महापराध हो, जिम्मेवार को ? यिनीहरूलाई ठाडो कारवाही किन गरिदैन ?
बजारमा चर्चा छ, खोप ५ देखि १५ हजारसम्ममा बेचेर कर्मचारी र स्वास्थ्यकर्मीले भोजन गरिसके । खरिदमा घोटाला, खरिद गरेको खोपसमेत चोरेर घोटाला, ५ दलीय गठबन्धनले जनस्वास्थ्यलाई कति हलुका लिएको रहेछ ? 
बृद्ध, स्कूल र कलेजका विद्यार्थी, अन्यले समेत पहिलो, दोस्रो र बुष्टर डोज नपाएर हाहाकारको अवस्था छ । समाजमा ओभिक्रोन फैलिसकेको अवस्था छ । घरघरमा जरोले विरामी थलिन थालेका छन् । सरकार भने किनेको खोप पनि वितरण गर्न नसकेर गोदाममा थन्क्याउँछ, गोदाम किपर मिलेमतो गरेर कालोबजारमा खोप बेचेर पैसा कमाउँछ । यसमा शक्तिशाली पनि साझेदार बनेका छन् । अन्यथा यति ठूलो अपराध गर्न सम्भव नै हुनसक्दैन । जनताको ज्यानसँग यति ठूलो खेलबाड ? जनताको ज्यान धन्दामाथि धन्दामा फस्न पुगेको छ ।
सरकारले २४ लाख डोज खोपको यथार्थ विवरण जनसमक्ष सार्वजनिक गर्नुपर्छ, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्नुपर्छ भनिरहेछन् नागरिक ।