Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मधेस प्रदेशको राजपत्रमा बुच्चो नक्सा !!

१० सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । संसदले सर्वसम्मतिले पास गरेको र संविधानको अङ्ग भइसकेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सालाई मधेस प्रदेशको माघ ३ गते प्रकाशित राजपत्रमा ‘बुच्चे’ बनाएर चुच्चेनक्सा गायव पारिएको छ ।
यो भूल हुनैसक्दैन किनकि भारतका प्रधानमन्त्रीले लिपुलेकबाट मानसरोवर जाने राजमार्ग फराकिलो पारिरहेको घोषणाको तातो चिस्सिएको पनि छैन । यसकारण मधेस प्रदेशले हेलचेक्य्राइ गरेर होइन जानाजान यस्तो त्रुटी गरेको हो । मधेस प्रदेश किन नामाकरण गरियो भन्ने पहिलो नजारा नै चुच्चे नक्सा बुच्चे बनाएर मधेस प्रदेशले देखाइदिएको छ ।
चुच्चे नक्सा खोई भनेर अदालतले सोध्ने कि संसदले ? सरकारले सोध्ने कि अख्तियारले ? राष्ट्रको नक्सा नै खण्डित गर्ने अधिकार मधेस प्रदेशलाई कसले दियो ? हुन त जसपाकी मन्त्री रेणु यादवले सीके राउतलाई ०६३ सालमा जस्तो सामुहिक नरसंहार गर्छु भन्दा कान नसुन्ने सरकारले आँखाले पनि देख्दैन होला ।