Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारतको फकाउदै पेल्ने नीति

०३ सोमबार , माघ २०७८५ बर्ष अगाडि

लिपुलेक हुँदै मानसरोवर जाने राजमार्ग निर्माण भइरहेको अभिव्यक्ति दिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच भूराजनीतिलाई तरङ्गित पारिदिए पनि अन्धा, काना, लाटा शासक भएको नेपालले चुँइक्क बोल्न सकेको छैन । नेपाली भूमिमा भारतले ८० किमि बाटो बनायो । 
५ दलीय गठबन्धन सरकार छ, सरकारले एक स्वरले यो अतिक्रमणका बारेमा महिनादिन हुनलाग्दा समेत केही बोलेका छैनन् । पार्टीगत रूपमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र गगन थापा तथा विश्वप्रकाश शर्माले वक्तव्य निकाले, सरकारका तर्फबाट प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महाकाली नदीका पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको छ, नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धनको मर्म र भावना अनुसार दुई देशबीचको सीमा विवादको समाधान ऐतिहासिक, सन्धि, सम्झौता, तथ्य र नक्साको आधारमा समाधान गर्न नेपाल सकार प्रतिवद्ध रहेको छ ।’
१५ दिनपछि सरकार बोल्यो तर डिप्लोमेटिक नोट लेख्न सकेन । ५ दलीय गठबन्धनले एकै स्वरले नेपाली स्वाधीनताको विषय उठानसमेत गर्न सकेनन् । यी कस्ता प्रधानमन्त्री हुन्, जो पाँचौपटक सत्तामा पुगे पनि देशका बारेमा संवेदनहीनता नै देखाइरहेका छन् ।
नेपालको राजनीतिक वृत्त आक्रोसित छ । विपक्षीहरू पनि तातेका छन् । यसबाट सत्तारूढ पाँचै दल भारततिर ढल्केको आरोप लागिरहेको छ । मुख्य आलोचना प्रतिपक्षी एमालेले भारतको बलमिच्याइँ भनेको छ । भारतको उक्त कार्य नेपाल–भारत संयुक्त बैठकमार्फत टुंग्याउने भनी गरिएको सहमति विपरित भन्दै सरकारको मौनता ‘सन्देहास्पद’ भनेर आपत्ति जनाएको छ ।
प्रमाणका आधारमा समेत लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि पेलेरै सडक विस्तार गरिरहेको भन्दै विज्ञहरू यसमा चीनलाई गुहार्नुपर्ने र सडक निर्माणलाई रोक्नुपर्ने भनिरहेका छन् । यद्यपि चीन र भारतबीच सन २०१५ मे १५ मा लिपुलेकबाट चीन–भारत व्यापार अघि बढाउने सम्झौता भइसकेको छ ।
नेपाली भूमिमा भारतले कब्जा गर्दै सडक बनाइसक्यो, अखण्डताका पक्षमा राजनीतिक बर्ग एकमत हुननसक्नु लोकतान्त्रिकताकै दुर्भाग्य हो ।
कडा प्रतिक्रिया नेकपा विप्लवको आएको छ । उनले मोदीको अभिव्यक्तिप्रति सरकारको मौनता सर्मनाक हो भनेका छन् । वार्ताबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने यो सडकको उद्घाटन २०७७ वैशाख २६ गते एकतर्फीरूपमा भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए ।
त्यतिबेलादेखि नेपालले ५ कूटनीतिक नोट पठाइसक्यो । भारतले कुनै जवाफ दिएको छैन, वार्ता गर्न पनि चाहेको छैन । भारतले २०१९ नोभेम्बरमा त्यसपछि नेपालले समेत ती कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गरेपछि दुवै देशवीच सुमधुर भनिएको सम्बन्धमा चिसो बढेको छ । भारतले जयसिंह धामीलाई मारिदियो, त्यसअघि गौतम गोविन्दलाई मा¥यो । जवाफ दिएन । उल्टै भारत नेपाललाई चीनले उक्साएको आरोप लगाइरहेको छ । नेपालसँगको सम्बन्ध कहिल्यै टुट्न दिँदैनौं भन्ने भारत नेपाललाई फकाउँदै पेल्ने रणनीतिमा छ ।