Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्व प्रशिद्ध काष्ठकला स्वस्थानी मन्दिर

०३ सोमबार , माघ २०७८३ बर्ष अगाडि

साखुमा छ श्री स्वस्थानीको मन्दिर । यो मन्दिर काष्ठकलाको विश्वप्रख्यात मन्दिर पनि हो । नेपाली ठूला राजनीतिक पार्टीहरूले खासै महत्व नदिए पनि कला, सम्पदा, पुरातत्वप्रति चाख राख्ने विश्वका ज्ञानीहरूको खोजको विषय हो स्वस्थानी मन्दिर, स्वस्थानी कथा ।
हामी सत्ता महात्म्यमा रमाएका छौं । राजनीतिक महात्म्यले देश खोरिया बनाइसक्यो । अध्यात्म, माघ महात्म्यबारेमा नीतिनिर्माता, नागरिक समाज, बुद्धिजीवीहरूलाई कुनै महत्व राखेको पाइदैन । यो त्यही स्वस्थानी मन्दिर हो, साखु, सालिनदी किनारमा अवस्थित रहेको छ । आमसर्वसाधारण आज पनि ब्रत बस्छन्, पूजाआजा गर्छन् । यो ठाउँमा सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
अमेरिकी जेस्सिका भ्यान्टिनले सन २०१० मा स्वस्थानीमा विद्यावारिधि गरिन् । उनले लेन बेनेटको पुस्तकमा स्वस्थानीका केही अंश पढेपछि त्यो विषय चुनेकी थिइन् । नेवारी विषयमा विद्यावारिधि गर्ने प्रथम जर्मनेली उल्रिक् कोल्फर – नेवारीको वाक्य–विन्यासमा । जेसिका बान्थायनपछि लिन्डा इल्टिसले स्वस्थानी ब्रथकथामा पीएचडी गरेकी हुन् । यसबारे काशीनाथ तमोट, ऐश्वर्यधर शर्मा, चन्द्रबहादुर कायस्थ बढी ज्ञाता छन् ।