Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एकता दिवस मनाएरमात्र एकता रहन्छ ?

०३ सोमबार , माघ २०७८३ बर्ष अगाडि

नेपाली सेनाले राष्ट्रपतिलाई निम्त्याएर पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली दिन लगायो । प्रधानमन्त्रीलाई किन निम्त्याएन ? प्रधानमन्त्रीले फूल चढाउनुको अर्थ छैन भनेपछि प्रतिक्रिया किन जनाएन ? गान्धी जयन्तीमा प्रधानमन्त्रीको उपस्थिति किन ? कारण के ? प्रश्न किन उठाएन ?
सेनालाई थाहा छ– जनइच्छा र अपेक्षासँग लोकतन्त्र जोडिएको छैन । विधिको शासन मिचिएको छ । लोकतन्त्र नेतातन्त्र बन्यो, लोकतन्त्र लोकजीवनमा निरर्थक सावित भइरहेको छ । यति बुझिसकेपछिको सेनाले सार्वजनिक रूपमा एकता दिवस मनाउनु गौरवको कुरा हो । तर सेनाले एकता दिवसमा राष्ट्रका सबै तह र तप्कालाई, खासगरी नेपाली शासक, सांसद, नागरिक समाज र बुद्धिजीवीहरूलाई जोड्नैपर्छ । नेपाल निर्मातालाई बुझाउनै पर्छ । तबमात्र सेना सार्थक हुनेछ ।