Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गोरखामा उभिएका गणेश खड्ग बोकेकी सरस्वती !!

२६ सोमबार , पौष २०७८३ बर्ष अगाडि

पृथ्वी जयन्तीका दिन पुर्षाको सम्झना
आज पृथ्वी जयन्ती, एकता दिवस
आज पुष २७ गते, पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस अर्थात नेपाल दिवस । यो कस्तो लोकतन्त्र हो, नेपाल निर्मातालाई सम्झदैन, उच्च सम्मान गर्दैन । अन्य मुलुकहरूमा राष्ट्रनिर्माताको सम्झना गरिन्छ, गौरव गरिन्छ । नेपालमात्र यस्तो बैगुनीहरूको मुलुक बन्यो, जहाँ क्रान्तिका नाममा राष्ट्रनिर्माताको सालिक नै फोडिन्छ । राष्ट्रनिर्मातालाई अपमान गर्नेहरू नयाँ नेपाल बनाउँछु भनेर गुड्डी हाँक्छन् । भएको नेपाल बचाइदिए ठूलो गुण लाग्नेथियो । हामीले पुर्षाप्रति कहिले गर्व गर्ने ?
मन्दिरै मन्दिरको देश नेपालमा उभिएको गणेशको मूर्ति कतै देखेको थिइन । उभिएको गणेशको मूर्ति गोरखामा देखें, पूजाआजा गरें, जय गणेश रक्षा गर ।
विद्याधातृ सरस्वतीको मूर्ति नेपालका अनेक ठाउँमा छन् । तर खड्ग बोकेकी माता सरस्वतीको मूर्ति पनि मैले कतै देखेको थिइन । गोरखाकामा देखें, माता रक्षा गर ।
उभिएका गणेश र हतियार बोकेकी सरस्वतीको मूर्ति देखिएपछि गोरखाका बुढापाकासँग सोधखोज गरें । र, केही बुढाबुढीले सुनेको आख्यान यसरी सुनाए–
पृथ्वीनारायण शाह ४ वर्षका हुँदा आमाले उनलाई गोरखा मन्दिरको दर्शन गर्न लगिन् । राजामाता जीउ गराएपछि पृथ्वीनारायण शाहले बसेका गणेशतिर देखाएर भनेछन्– बसेका देउताले के कल्याण कल्याण गर्छन् । उठ्नुपर्छ । सरस्वतीतिर देखाएर भनेछन्– बाजा बजाएर(बीणा) पनि कल्याण हुन्छ ? देवीले त खड्ग लिनुपर्छ ।
त्यसपछि राजमाताले बालबालिकामा ईश्वरको बास हुन्छ, बालबालिको वचन ईश्वरको वाणी हुन्छ भनेर यी दुवै मन्दिर निर्माण गर्न लगाएकी थिइन् । यी तिनै पुरातात्वीक महत्वका मूर्ति हुन्, यस्ता मूर्ति नेपाल–भारत कतै पनि देख्न पाइदैन, गोरखामा मात्र छन् ।
पछि मकवानपुरका राजा गोरखा पुगेका बेलामा पनि तिनै मूर्ति देखेर झस्किएका थिए । ती राजाले कतै नदेखेको देखें भनेका थिए ।
नेपाल देव भूमि, पुण्य भूमि । धर्म, परम्परा र संस्कारका अनेक विविधताहरू पाइन्छन् यहाँ । आज पुष २७ गते पृथ्वी जयन्ती, नेपाल निर्माताले त्यतिबेला जे बोलेका थिए, वर्तमान नेपालको सङ्कट र सङ्क्रमणबाट पार पाउनका लागि तिनै गणेशको आशीर्वाद र माता सरस्वतीको सुबुद्धिको खाँचो छ नेपाल र नेपालीका लागि ।