Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्त उही संसद खोल्नु पहिले कारवाही

२६ सोमबार , पौष २०७८३ बर्ष अगाडि

मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सरकारमाथिको संयन्त्र प्रमुख रामचन्द्र पौडेललाई पठाएर पनि नमानेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफै वालकोट पुगेर एमाले अध्यक्ष केपी ओलाीलाई संसदको अवरोध हटाउन र एमसिसी पास गर्न आग्रह गरेका छन् । ओलीले पुरानै सर्त अघि सार्दै भने– एमालेले कारवाही गरेका १४ जनामाथिको कारवाही वैध हुनुप¥यो, अन्यथा गठबन्धन तोडेर अर्ली चुनावमा गए एमालेले सहयोग गर्ने कुरा दोहा¥याएपछि प्रधानमन्त्री फर्किए, सत्तापक्ष र प्रतिपक्षको कुरा मिलेन ।
भोलि संसद बस्दैछ । भोलि नै एमसिसी पास गर्ने सरकारको तैयारी छ । तर एमाले स्पष्ट छैन । सरकारमा सामेल माओवादी केन्द्र र माधव नेपालको एकीकृत समाजवादी संशोधन हुनैपर्छ भनिरहेको छ । एमाले सहमत हुने वातावरण देखिदैन ।