Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कि न्याय देव, कि प्राण लेव

१९ सोमबार , पौष २०७८३ बर्ष अगाडि

Mohna Ansari @MohnaAnsari
No matter it’s rain ¿¿ or sunny Sun with rays “Justice March continue in Kathmandu” for Nirmala Kurmi.
ल्य mबततभच ष्त’क चबष्ल रूरू यच कगललथ क्गल धष्तज चबथक “व्गकतष्अभ ःबचअज अयलतष्लगभ ष्ल प्बतजmबलमग” ायच ल्ष्चmबबि प्गचmष्।
नेपालगञ्जबाट आएका महिलाहरू महिनौंदेखि माइतीघर मण्डलाको चिसो छिंडीमा ‘कि न्याय देउ, कि प्राण लेउ’ भनेर धर्ना दिएर चिच्याइरहेछन् । न सिंहदरवारले सुन्यो, न ठूला ठूला महाधिवेशन गर्ने पार्टीहरूले नै सुने ।
देशमा कांग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार छ । यो गठबन्धनमा सर्वहाराको हित गर्ने माओवादी, जनमोर्चादेखि नेकपा एकीकृत समाजवादीसमेत जोडिएका छन् । यी कस्ता कम्युनिष्ट हुन्, जो दिनको १० पल्ट ओहरदोहर गर्ने माइतीघर मण्डलामा किन न्यायका लागि चिच्याएको भनेर कोही हेर्दैनन् ? कांग्रेस नेता बादशाह कुर्मी मुछिएको निर्मला कुर्मी मुद्दामा कांग्रेसको मौनता र अकर्मण्यता बुझ्न सकिन्छ, किनकि कांग्रेसलाई अत्याचारी भए पनि आफ्ना नेता कार्यकर्ता बचाउनु जो छ । यसकारण त गगन–विश्वप्रकाशजीहरू पनि माइतीघरको मोडबाट हिड्छन्, यो आन्दोलन बुझ्दैनन्, सुन्दैनन् । यो हो कांग्रेसको युवापुस्ता, सरकारमा देखिएको देउवा पुस्ता ।
रूबी खानहरूले कालो ब्यानर किन बोकेका छन् ? तिनहरू किन अन्याय र अत्याचार भयो भनिरहेका छन् ? लोकतन्त्र हाँक्ने सत्ता, संसद, सांसद मौन छन्, के विधि र समानता हात्तीको दाँतै हो त ?