Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बीपी सिद्धान्त त्याग्दा देश कहा पुग्यो ?

१९ सोमबार , पौष २०७८३ बर्ष अगाडि

बीपी कोइराला ०३३ साल पुस १६ गते ‘मृत्यु दिए पनि स्वीकार छ’ भनेर स्वदेश फर्किएका थिए । बीपीले त्यति कठोर निर्णय किन लिए होलान् ? मनमा द्विविधा भए माटो हातमा लिएर मनन गर्नु, मनले जे निर्णय गर्छ त्यही गर्नु भन्ने बीपीको यो मार्गदर्शन वर्तमानमा अन्यौलग्रस्त बनेको कांग्रेस, बुढो र युवापुस्ताका लागि मूलमन्त्र हुनसक्छ कि सक्दैन ? ०३६ सालमा जनमत संग्रह सम्पन्न भयो । सुधारिएको पञ्चायतको पक्षमा परिणाम आयो । ‘जनताको निर्णय म मान्छु’ भनेर बीपीले किन वक्तव्य निकाले होलान् ? बीपीले कांग्रेसको गर्धन राजतन्त्रको गर्धनभन्दा माथि छ भनेर किन भने होलान् ? आजको कांग्रेस बीपीनीतिलाई बुझ्दैन ।
बीपीपछि गिरिजाले भट्टराई र गणेशमानलाई पाखा लगाए, गणेशमानले पार्टी परित्याग गरेर मर्नुप¥यो भने कृष्णप्रसाद भट्टराईको साखलाई जीपीले हाक्काहाक्की समाप्तै पारिदिए । त्यो ठाउँमा अब रामचन्द्र पौडेल आइपुगेका छन् । कांग्रेसमा गुट र उपगुटका रूपमा सत्ता र शक्तिको खिचातानी झन बढेको छ । बीपीको अनुयायी हुँ भन्ने शेरबहादुर देउवा पुनः कांग्रेसका बादशाह त बने, उनले कांग्रेसको नीति, सिद्धान्त भनेको ‘माटो मान्ने’ बीपी बाद हो कि ‘पश्चिमा, दक्षिण र अतिवाद अँगाल्ने’ प्रचण्डपथ हो ? खुट्याउन सकिन्न । कांग्रेसको विश्लेषण गर्दै विश्लेषक दिनेश सत्यालले भनेका छन्– ‘कांग्रेसीहरू आफै माध्यम भएर जनताका छोरालाई शहीद बनाउँछन् र शहीदका नाममा स्मृति प्रतिष्ठान दर्ता गराएर आफ्ना भाइ, भतिजा र रखौटीका नाममा राजधानीमा पाँचतारे शैलीका महल खडा गर्छन् ।’ तीतो विश्लेषण छ– कांग्रेस प्रचण्डवादको भरिया हो ।
कांग्रेसको मन्त्र हो ‘जय नेपाल’ । यो नेपालको जय हो कि भागशान्ति जय नेपाल ? पहिले कांग्रेस भनेको त्याग, तपस्या, बलिदान, प्रजातन्त्रको बिडा उठाउने रूप थियो, यो रूप सत्तालोलुप र धनलोलुपमा रूपान्तरण भएको वर्तमान कालखण्डमा यही रूप विश्लेषणको विषय बनेको छ । ०३३ साल अघि बीपीका मित्र रहेका कुवेर शर्माले वीपीको निधन र सत्ता र शक्तिमा कांग्रेसको उदय भएपछि लेखे– भीमसेन थापा र जंगबहादुर भन्दा बलिया बने गिरिजा । तिनै गिरिजा मछवारीको जालमा परेको माछाजस्तै छटपटाएर प्रचण्डको जालमा परे र मरे । त्यो ठाउँमा देउवा आइपुगेका छन् । धोत्रिएको रूखलाई बचाउन, स्लो प्वाइजनले मार्न खोजिएको समाजवादी धारमा पाइन हाल्न र प्रजातान्त्रिक जनाधारबाट जँघार तरेर तङ्ग्रीन ‘बुढो’ कांग्रेसले बुढा देउवाबाट सक्ला ? तन्नेरी महामन्त्रीद्वयको आवाज मत्थर भइसक्यो, गति सिमित हुनथालिसक्यो । तन्नेरी कांग्रेस ‘१४ क्यारेटको सुन होइन’ भनेर डुक्रिन त जान्दछ तर २४ क्यारेटको कांग्रेस बनाउने खाका दिन सक्दैन ।