Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२७ गते राष्ट्रिय विदा होला त ?

१९ सोमबार , पौष २०७८३ बर्ष अगाडि

राप्रपा अध्यक्ष लिङ्देन एक प्रतिनिधि मण्डल नै बोकेर प्रधानमन्त्रीलाई भेट्न पुगे र  अनुरोध गरे– पुष २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुप¥यो । पृथ्वीनारायण शाह नेपाल निर्माता हुन् । राष्ट्र निर्मातालाई अन्य मुलुकमा गौरव गरिन्छ, नेपालमा अपमान भइरहेको छ । परिवर्तनकारीहरूले राष्ट्रनिर्माताको सालिक तोडफोड गरिदिए । बल्ल बाबुराम सालिक सामु उभिएर फोटो खिचाउन थालेका छन् ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग सुनेका प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्षको अनुरोध सुने, कुनै प्रत्युत्तर दिएनन् । बुझे, राप्रपा प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्र पनि बुझे । ज्ञापनपत्रको जवाफ के आउने हो, सबैका लागि प्रतिक्षाको विषय बनेको छ ।