Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जस्ताभित्र अपरेशन- भ्यू टावरहरूबाट देखिएला ?

१२ सोमबार , पौष २०७८३ बर्ष अगाडि

स्थानीय, प्रदेश र संघीय सरकारले करोडौं करोडका भ्यूटावरहरू निर्माण गरिरहेको छ । तर बाजुरामा जस्ताले घेरेको अपरेशन थिएटर छ, जहाँ गम्भीर विरामीहरूको अपरेशन गर्ने गरिन्छ । ठूला सहरका अस्पतालहरूमा इन्फेक्शन हुन्छ भनेर सावधानी अपनाइन्छ, तर बाजुराका जस्तापाताले घेरेको अपरेशन रुमबाहिर कुखुरा चरिरहेका देखिन्छन् । २०६५ सालमा ठूलै परिवर्तन भयो तर आमनागरिकको स्वास्थ्य र शिक्षामा कुनै परिवर्तन गर्न सकिएन । बरु राजनीतिक दलहरूले व्यापक लगानी गरे, मुनाफा कमाए र आमनागरिकको स्वास्थ्य र शिक्षामा व्यापक खेलाँची गरिरहेका छन् । अग्रगमनकारी हौं भन्ने राजनीतिक दलहरुलाई किन लज्जावोध हुँदैन ? योजना आयोग, सरकार, संसद, जनप्रतिनिधि, नागरिक समाजमा विवेक कहाँ छ ? कति छ ?