Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माला नचाहिने पहिलो नेता

१२ सोमबार , पौष २०७८३ बर्ष अगाडि

दाङ् । राजेन्द्र लिङ्देन, कमल थापाजस्ता हस्तीलाई महाधिवेशनमा हराउने कस्तो युवा होला, भन्नलाई भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह भन्थ्यो भनेर हेर्न र सुन्न हरेक दलका समर्थकहरू गत विहीवार तुलसीपुरको बीपी चोक आयोजना स्थल पुगेका थिए ।
मञ्चमा राप्रपाका उपाध्यक्ष ध्रुब प्रधान, महामन्त्री धवलशम्शेर जवरा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप उदय, पूर्वमन्त्री प्रेम भण्डारीहरू बसेका थिए । अध्यक्ष राजेन्द्रको स्वागतका लागि कपिलवस्तुबाट २५ किलोको मालाले स्वागत गर्ने कार्यक्रम देख्नासाथ उनले माला छोए र छेउतिर राख्न इसारा गरिदिए । उत्साहित जिल्ला नेताहरूले साना साना माला लिएर गए, त्यसलाई पनि उनले लगाउन मानेनन् । एउटा सामान्य खादामात्र स्वीकार गरे । फेरि अर्को समूह अर्को २५ किलोको माला लिएर मञ्चमा आयो, यो माला लगाउन पनि उनले इन्कार गरिदिए । फेरि अर्को टोली सयपत्री र मखमली माला लिएर मञ्चमा उक्लियो, त्यो माला पनि उनले छोए, लगाएनन् ।
माला किन नलगाएको भन्ने स्पष्टिकरण दिंदै राजेन्द्र लिङ्देनले भने– मैले काम नै के गरेको छु र यो सुन्दर फूलको माला लगाउनु । म यो माला लगाउन लायक अझैं भइसकेको छैन । केही उल्लेखनीय काम गरेपछि मात्रै माला लगाउन लायक हुनेछु । यो फजुल खर्च हो, खुसी पार्ने नाममा यति ठूलो माला तयार पार्नु र फूलहरू नष्ट गर्नु उचित होइन । यसपछि मञ्चमा बसेका नेताहरूले पनि लगाएको माला फुकालेका थिए । जेलबाट निस्कदा समेत फूलमाला लगाएर निस्कने शैली चिर्दै राप्रपाले फूलमाला र खादाको प्रयोग रोक्न परिपत्र जारी गरेको छ ।