Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दान मागेर विकास गर्ने नेपालमा ९० मन्त्रालय

१२ सोमबार , पौष २०७८३ बर्ष अगाडि

काठमाडौं । विश्वशक्ति अमेरिकामा १२ मन्त्री, राज्यमा मन्त्री नै नचाहिने । दानले विकास गर्छु भन्ने नेपालमा ७ प्रदेश र केन्द्रमा गरेर ९४ भन्दा बढी मन्त्रालय, ९४ भन्दा बढी मन्त्री, पिए, तिनीहरूको पालनपोषण जनताले गर्नुपर्ने ? 
गरीब देशमा यस्तो संघीयता विकासका लागि कि कार्यकर्ता पाल्ने तरिका ?
विश्व बैंकले समेत भनिसक्यो– नेपालमा संघीयता खर्चिलो भयो । एडीबी र अन्य निकायले समेत नेपालमा संघीयता चलाउन मुस्किल छ भन्छन् । तर राष्ट्रिय पार्टीहरू नेता कार्यकर्तालाई जागीर खुवाउन र विरोधबाट बच्न सजिलो ठानेर संघीयताको वकालत गरिरहेका छन् । राष्ट्रिय संस्था महालेख परीक्षकको रिपोर्टले पनि ७ सय ६१ सरकार, सबैतिर भ्रष्टाचार बढेको रिपोर्ट दिएको छ । स्थानीय निकायमा लाखौंको, प्रदेशमा करोडौंको र संघीय सरकारमा अरवौंका भ्रष्टाचारका मुद्दाहरू बहसमा छन् । हरेक भ्रष्टाचारमा नेता, प्रधानमन्त्रीदेखि मन्त्रीहरू मुछिएका छन् । कुनै नेता पनि भ्रष्टाचारीमाथि कारवाही हुनुपर्छ भन्दैनन् । भ्रष्टाचारमा राजनीति र न्यायाधीशबीच सेटिङ् हुन्छ र केही लाख धरौटी राखेर छुट्छन् । दैव ।