Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतले किन टाउको झुकाउछु भन्यो

०५ सोमबार , पौष २०७८३ बर्ष अगाडि

लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो नक्सामा समेट्ने र ती क्षेत्रमा नेपालको आवगमनसमेत रोक्ने भारतले अनायास नेपालसँग सम्बन्ध बिगार्दैनौं भनेर सनसनी अभिव्यक्ति दिएको छ ।
गतहप्ता मंगलवार नेपालीभाषी बहुल क्षेत्र उत्तराखण्डमा पुगेर राजनाथ सिंहले यस्तो बोलेका थिए । सिंहको संकेत चीनतिर हुनुपर्छ भन्ने अनुमान गरिएको छ । किनभने राजनाथले भाषणमा बोलेका थिए– उत्तराखण्डको जहाँसम्म सवाल छ । नेपाल र तिब्बतको सीमा यससँग जोडिन्छ । नेपालको जहाँसम्म प्रश्न छ– नेपालसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ । नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ । तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु– केही तत्वहरू यस्ता छन्, जसले नेपाल र भारतको सम्बन्ध खराब गर्न चाहन्छन् । तर म सरकारको प्रतिनिधि भएको हिसाबले के भन्न चाहन्छु भने चाहे जसुकै होस्, हामीलाई शिर झुकाएर रहनु किन नपरोस् तर हाम्रो छिमेकी नेपालसँग हाम्रो सम्बन्ध टुट्न दिँदैनौँ । हाम्रो नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिँदैनौ ।
यो भनाइपछि भारतले नेपाली भूभाग छोड्न खोजेको हो त भन्ने चर्चा नेपालमा भए पनि भारतले नेपालको काँधमा बन्दुक राखेर प्रतिस्पर्धीलाई तर्साएकोमात्र हो भन्छन् भारतविज्ञहरू । उनको भनाइ चिस्सिएको नेपाल भारत सम्बन्ध सुधारका लागि होइन । भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोलिसकेको जनाएको छ । नेपाली भूमिमा भारतले राजमार्ग नै खोलिसक्यो,के के भइसक्यो, नेपाल भने एमसिसी, सत्ता, गठबन्धन, चुनाव भनेर भुलेर बसेको देखिन्छ ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूमि हो, यो प्रमाण बृटिश इण्डियाको नक्सा, भारत–नेपाल–चीनको नक्सामा समेत उल्लेख छ । लिपुलेकबारे नेपालको आपत्ति २०१५ मे १५ मा व्यापार सम्झौता गर्ने चीन र भारत दुबैसँग छ । यो अवस्थामा मानसरोवर जाने बाटो खोल्नु आफैमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । यसकारण राजनाथको नेपालसँग शीर झुकाउने कुरा लोलोपोतोमात्र देखिन्छ । यति भइसक्दा पनि नेपाल सरकार, सीमाविदहरू किन बोलिरहेका छैनन्, के नेपालले भूमि छाडेकै हो त ?