Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२६ दलद्वारा संसद घेर्ने चेतावनी

०५ सोमबार , पौष २०७८३ बर्ष अगाडि

काठमाडौं । आज पुष ६ गते संसद बैठक बोलाइएको छ । पुष ४ गते सहमति खोज्ने प्रयास विफल भएको छ । गत २८ गते एमसिसी पारित हुनेछ भनेर सन्देश पठाएको सरकार र थप समय दिने एमसिसी हेडक्वार्टर अप्ठेरोमा परेका छन् ।
नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको २६ दलीय मोर्चाले एमसिसीको नेपाल कार्यालयसामु प्रदर्शन गर्दै एमसिसी पारित गर्न खोजे संसद घेर्ने चेतावनी दिंदै आएको छ । प्रदर्शनकारीविरूद्ध प्रहरी दमन बढेको छ । जनप्रदर्शन पनि आक्रामक बन्दै छ । प्रचण्ड र माधव नेपालले संशोधन हुनैपर्ने भन्ने अडान राखेपछि सभामुखले समेत प्रस्तावबारे अध्ययन गर्ने बताएका छन् । संसदको अनुमोदन नभए पनि  बजेट खर्च गरेर एमसिसी कार्यान्वयनमा आइसकेको छ, पास हुने सम्भाबना क्षिण बन्दै गएको छ । यस सम्बन्धमा एमसिसीको वेभसाइटमा लेखिएको छ– मिलेनीअम च्यालेन्ज कर्पोरेशन एउटा नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबी विरूद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ ।