Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज ८ कम्युनिष्ट पार्टीद्वारा संसद घेरिने

२७ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । मंसिर २४ र २६ गते घोषित कार्यक्रमलाई समर्थन र २७ गते एमसिसी र एमसिएको कार्यालय घेराउ गरेका ८ कम्युनिष्टव पार्टीहरूले आज मंसिर २८ गते संसद भवन घेराउ गर्ने भएका छन् । कुनै हालतमा एमसिसी पास गर्न नदिने रणनीति लिएका यी पार्टीहरूले अझै पनि सत्ताधारी र एमसिसीवादी चेतेनन् भने थप सशक्त संघर्षका कार्यक्रम घोषणा गरिने बताएका छन् ।  यसरी सामुहिक वक्तव्य प्रकाशित गरेर आन्दोलनमा होमिने ८ दलहरूमा नेकपाका विप्लव, नेकपा मशालका मोहनविक्रम सिंह, नेकपा मालेका सीपी मैनाली, नेकपाका ऋषि कट्टेल, नेकपा गणतान्त्रिक मोर्चाका सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिष्टका आहुती, नेकपा क्रान्तिकारीका मोहन वैद्य रहेका छन् । झट्ट हेर्दा संसदवादी र इतरमा घमासान हुने देखिन्छ ।
काठमाडौं । आज मंसिर २८ । सम्पूर्ण शक्ति र व्यक्ति जम्मा भएर संसदमा धावा बोलिदैछ । उद्देश्य कुनै पनि हालतमा एमसिसी पास गर्न नदिने हो ।
आज अमेरिकामा एमसिसीको बैठक बस्दैछ, नेपालमा संसद अधिवेशन । यो अधिवेशनमा एमसिसी पारित हुन्छ भन्ने विषय देशव्यापी फैलिएको छ । एमसिसी पास गर्न चाहने राजनीतिक शक्तिहरूले किन पास गर्नुपर्छ, कसरी नेपालको हितमा छ भनेर जनमानसलाई बुझाउन सकेका छैनन् । एमसिसी घातक छ भन्ने प्रचार जनमानसमा फैलिसकेको छ ।
महाकाली सन्धि २०५२ मा पारित गर्दा शेरवहादुर देउवा नै सत्तामा थिए, आज पनि छन् । ६ महिनामा गर्ने भनिएको काम २६ वर्षमा हुनसकेन, त्यस्तै हो यो सुखद सपनाको पोको भनेर विरोधीहरू विरोधमा उत्रिएका छन् । यस्तो जनस्तरको विरोध नेपालको इतिहासमै पहिलोपल्ट देखिएको हो । तर पनि लोकतन्त्रमा लोकविरोधको अर्थ र औचित्यको महत्व दिइएको छैन ।
विरोधी नेताहरूको विचारमा जनविरोधको सुनुवाइ नहुनुको पहिलो कारण– नेपालका  शासक वर्ग जनविरोधी र राष्ट्रविरोधी हुनु अनि दलाली गर्नमा व्यस्त र भ्रष्टाचार गर्नमा मस्त हुनु हो । देशभरिका विरोधीशक्ति एकता नहुनु हो । यस्तो गर्न सकेको भए सायद एमसीसी खारेज वा फिर्ता भैसक्थ्यो । यसकारण मंसिर २८ गते काठमाडौंमा संसदभवन घेराउ गर्ने र आवश्यक परे धावा बोल्ने अनि जिल्ला जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम छ । विद्रोहीहरू भन्छन्– यो अन्तिम र निर्णायक बेलामा हामीले आफ्ना संकीर्ण, सिमित र संकुचित स्वार्थ त्यागेर देश र जनताको स्वाभिमान र स्वाधीनताको अनि अस्मिता र अस्तित्वको रक्षाको यो बृहत्तर हितको लागि एकजुट हुनु आवश्यक छ । अन्यथा इतिहासमा कहिल्यै कसैको गुलाम नभएको यो देश र हामी अमेरिका र भारतका गुलाम हुनु पर्नेछ । यो देशलाई इन्डो–पश्चिमा र चिनियाँ अर्थात् साम्राज्यवादी र समाजवादी शक्ति राष्ट्रहरूको रणमैदान बन्नु पर्नेछ । यो देशका सम्पूर्ण साधन, श्रोत र सम्पदा लुटाउनु पर्ने छ । लाखौं जनताको अमूल्य जिउधनको बलि दिनु पर्नेछ र, अन्ततः विश्व मानचित्रबाट नेपाल र नेपालीको नाम, निसान र नक्सा नामेट हुने स्थिति आउने छ । २८ गते देशका आठ वाम राजनीतिक शक्तिहरूद्वारा आयोजना गरिएको, देशका २६ दल–संघसंस्थाहरूद्वारा सहकार्य गरिएको र अन्य कैयौं शक्ति, संस्था र सैयौं व्यक्ति–व्यक्तित्वहरूको अनि लाखौं–करोडौं जनता जनार्दन जनसमुदायहरूको  सहानुभूति, समर्थन, साथ र सहयोग रहेको सो निर्णायक हस्तक्षेपको कार्यक्रममा सगर्व, सहर्ष र सशक्त रूपमा सहभागी बनौं भनेर सार्वजनिक आह्वान गरिएको छ । एमसिसी जनस्तरमा बहसमा पुगिसकेको र सत्ताधारीहरूले एमसिसीका बारेमा यथार्थ बुझाउन नसकेकाले विरोध कार्यक्रममा जनताको सहभागिता हेर्न लायक हुने विश्लेषण गरिदैछ । पहिलोपल्ट एमसिसीको विषय घरघरको चर्चाको विषय बनेको छ ।
एमसिसी पास गर्नेमाथि भौतिक कारवाही गरिनेसम्मका आवाजहरू पनि सुनिन्छन् । कतै यही विषयले राजनीतिक अराजकता फैलाउने त होइन, भय व्यापक रूपमा बढ्न थालेको छ ।