Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

छिन्यो माला, कोइराला छिन्नभिन्न

२७ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसभित्रको कोइराला परिवारको पकड समाप्त भएको छ । सुशील कोइरालाबाट शेरबहादुर देउवामा सरेको नेतृत्व कोइराला परिवारका लागि संकटको द्योतक बन्न पुगेको छ । महत्वाकांक्षा शेखर कोइराला, सशांक कोइराला र सुजाता कोइराला तिनैजनामा रहनु तर एकता नहुनुले माला चुँडिएको हो ।
शशांक र शेखरले बरिष्ठ नेता रामचन्द्र पौडेलका लागि लचक देखाए तर रामचन्द्र पौडेल रूँदै घरतिर लागे । देउवाले मलाई नजिताए सरकार जान्छ, जसरी पनि जिताउनै पर्छ भनेर मैदानमा उत्रिएपछि देउवाका सहयोगी विमलेन्द्र निधि पनि मैदान छोड्दिन भन्नपुगे । सवाल कांग्रेसी तीन नेताको एकताको थियो, शेखर सभापतिको उमेदवार बन्नपुगे, शशांक देउवाको खुलातर्फको सदस्यको दोस्रो नम्बरमा पर्न सफल भए, सुजाता कोइराला गणेशमान पुत्र प्रकाशमान सिंहको प्यानलमा उपसभापतिको उमेदवार बन्न पुगिन् । कोइराला परिवारको पकड कति पातलिएछ, कति कमजोर भइसकेछ भन्ने उदाहरण यो १४औं महाधिवेशनले देखायो ।
हुन त पार्टीको आन्तरिक प्रतिस्पर्धा हो, चुनाव हुन्छ, जसले जिते पनि गुट रहदैन, कांग्रेस एक रहन्छ भन्ने सन्देश दिन खोजिएको छ । सत्य के हो भने गुटबाजीकै कारण रामचन्द्र पौडेलले आँसुझार्दै सन्यासी हुन्छ भन्नुप¥यो भने कांग्रेसभित्र ५ गुटले चुनावी प्रतिस्पर्धा गर्ने स्थिति आयो । कांग्रेसी कसरी एक देखियो र ?