Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जालान् त प्रचण्डसग

२७ सोमबार , मंसिर २०७८५ बर्ष अगाडि

काठमाडौं । अरूका पार्टीलाई हुल भन्ने प्रचण्डले नेकपाका महासचिव विप्लवलाई पुसमा हुने सम्मेलन अघि नै माओवादी केन्द्रमा एकीकरण गराउने प्रयास थालेका छन् । पटक पटक गणतन्त्र कि राजतन्त्र, संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने व्यवस्थाको फैसला गर्न जनमत संग्रहमा जान जरूरी छ, प्रचण्डले माओवादी जनयुद्धलाई धोका दिएर संसदीय भाषमा भासिएको आरोप लगाउने विप्लव जालान् त फेरि प्रचण्डसँग मिल्न ? राजनीतिमा उत्सुकता छ ।
विप्लव आज पनि भन्छन्– केपी ओलीको सरकारसँग भएको ३ बुँदे सहमति अनुसार आफ्ना नेता कार्यकर्ता अझै छाडिएको छैन । नेकपा विप्लव समूह कम्युनिष्ट पार्टीहरूमध्ये सडकमा रहेको सबैभन्दा सशक्त पार्टी हो । आफू एमालेबाट टाढिएपछि कमजोर भएको अनुभूति गरिरहेका प्रचण्डका लागि आगामी चुनावमा वर्चस्व कायम गर्न विप्लवसँग सहकार्य गर्नुको अर्को विकल्प देखिदैन ।