Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजालाई प्रहार गर्न जरूरी थियो

२० सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । असम्भव थियो अध्यक्षमा कमल थापालाई हराउनु । तर राजेन्द्र लिङ्देनले हराइदिए, राजनीतिक बृत्तमा ठूलै भूकम्प गयो ।
२०६३ सालदेखि राजतन्त्र बोक्नु गल्ती थियो, अब राजतन्त्र बोकेर हिड्न जरूरी छैन भन्ने सम्मको प्रतिक्रिया परिपक्व नेता कमल थापाबाट आउनु अर्को आश्चर्य हो । राजतन्त्र, हिन्दुराष्ट्रको एजेण्डा बोकेर वैकल्पिक शक्ति बन्ने अभियान छेडेका कमल थापाजस्ता पाका नेताले पार्टीको चुनाव हार्नासाथ दिएको अभिव्यक्तिले ठूलै तरङ्ग ल्याएको छ । र, पार्टी नेतृत्वमा पुस्तान्तरणका रूपमा उदाएका राजेन्द्र लिङ्देनले ‘सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गराउँछु’ भनेर दिएको अभिव्यक्तिका सम्बन्धमा पनि थापाले व्यङ्ग हानेका छन् ।
हार स्वीकार गर्नु र जित्नेलाई बधाई दिनु कमल थापाको प्रशंसनीय राजनीतिक संस्कार हो । तर आफ्नो नेतृत्वको कमान खुस्कनासाथ निर्मल निवासको हस्तक्षेप देख्नु र नागरिक हैसियतमा रहेका पूर्वराजाको चलखेलले हराएको भनेर ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’ भन्नु स्वयम् राप्रपाभित्र समेत उचित मानिएन । थापाले प्रमाण पनि दिन सकेको देखिन्न । थापाका अनुसार ‘मैले राहत र मुक्ति पाएको छु ।’ भन्नु पनि अपरिपक्व अभिव्यक्ति ठानिएको छ । थापा राजनीतिक व्यक्तित्व हुन्, स्वामी बन्न सक्लान् र ?
अन्ततः पूर्वराजाको सम्वाद सचिवले खण्डन गरेका छन् । पूर्व राजाका सचिव भन्छन्– ‘पूर्वराजालाई कुन पार्टीमा को नेता हुन्छ भन्ने चासो राख्न जरूरी छैन । गद्दी छोडेका राजालाई देश र जनताको चिन्ता छ तर, फलानोलाई हराउने वा जिताउने भन्ने चिन्ता छैन । किन यस्तो आक्रोस आयो बुझेका छैनौं । भोलि कांग्रेसको चुनावमा पनि कसैले हा¥यो भने राजाले हराए भन्लान् यस्तो पनि हुन्छ र ? यो आक्रोसमात्रै हो । पूर्व राजाबाट कदापि यस्तो हुँदैन । भएको छैन ।’
हिमानी शाहको ट्वीटमार्फत राजेन्द्र लिङदेनलाई बधाई आएपछि कमल थापाले थप आक्रोश पोखेको देखिन्छ । चाँडै राजसंस्था पुनस्थापनाको लागि भन्दै हिमानीलाई थापाले समाजिक संजालमार्फत व्यंग्यात्मक बधाई दिएका छन् । यो ट्वीट हिमानी शाहको असली हो कि फेक आइडी हो, स्पष्ट भइसकेको छैन । तथापि नागरिकका हैसियतले जित्नेलाई वधाई दिनु स्वभाविक हो, यसमा दुर्नियत किन देखेको होला ? देख्नुपर्ने कारण सुस्पष्ट हुनसके सबैले थाहा पाउने थिए ।