Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एयरपोर्टबाट ६ कर्मचारी भगाउने को ?

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । अफ्रिकी मुलुक तान्जानियामा एनआईआरटिटिपीको कार्यक्रममा भाग लिएर फर्केका सरकारी ६ सहसचिवसहित एयरपोर्टबाटै भगाइएका छन् । यिनलाई एयरपोर्टका कुन कुन कर्मचारीले भगाएका हुन् ? सरकार नै चकित छ ।
यता सरकारले अफ्रिकी मुलुकबाट आउनेलाई रोक्ने आदेश दिनु र उता नेपाली अधिकारी नै आएको अवस्थामा ती नेपाली अधिकारी लापता भएका हुन् । कर्मचारी गैरजिम्मेवार भए भए, एयरपोर्टको सुरक्षामा कति प्वाल छ भन्ने पनि स्पष्ट भएको छ । नेपालमा पहुँच र प्रभावले कानुन मिचेको अर्को उदाहरण देखियो ।
‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार अधिकारी नै सरकारी प्रोटोकल मिचेर भागेकाले उनीहरू संक्रमित भएको भए नेपालमा कर्मचारीबाटै ओमिक्रोन भाइरसको महामारी फैलिनसक्छ ।
दक्षिण अफ्रिका कोरोनाको नयाँ भेरियन्टको मुख्य स्थल हो । यसकारण अनेक मुलुकले अफ्रिकन मुलुकमा अनुसन्धान पूर्ण नहुन्जेलसम्म आवतजावतमा बन्देज लगाएका छन् । नेपालका कर्मचारी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशनलाई नै छलेर भाग्नुले कर्मचारीको गैरजिम्मेवारपन स्पष्ट भएको छ ।
यी ६ कर्मचारीहरूमा सहसचिव नारायण रेग्मी, प्रकाश दाहाल, उपसचिव श्रीधर गौतम, पार्वती शर्मा, शाखा अधिकृत नवराज पराजुली रहेका छन् । अब स्पष्ट भइसकेको छ, प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिवको आदेशमा उपसचिव यम तिवारीले दबाब दिएपछि उनीहरू भाग्न सफल भएका हुन् । कुरो चुहिएपछि होम क्वारेन्टाइनमा बस्ने कागज गराएर सबैले आआफ्ना जागीर बचाएका छन् ।
खोपले काम गर्छ कि गर्दैन ?
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे खोज भइरहेको छ । मंसिर ८ गते दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो भाइरस तीब्र रूपमा फैलिने र खतनाक भएकोले सतर्क रहन भनेको छ । यो भाइरस बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पुष्टि भइसकेको छ । बेलायत, अमेरिकालगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन् । यो भाइरस अनेक देशमा फैलिन थालेको छ । भारतमा पनि देखा परेको छ । यसकारण नेपालमा जोखिम झन बढी छ । डा.शेरबहादुर पुन भन्छन्– यो सतर्क हुने बेला हो । खोपले काम गर्छ गर्दैन भन्न सकिन्न । महामारीको खतरा छ ।