Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमसिसीको साइड इफेक्ट देखिन थाल्यो

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । एमसिसी उपाध्यक्ष सुमार, कोप २६ मा लण्डनमा कार्तिक १७ गते राष्ट्रपति जो वाइडेनसँग प्रम देउवाको भेट, मंसिर १ र २ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक मन्त्री केल्लइी किडरलिङको नेपाल भ्रमणपछि पनि नेपालले एमसिसी पास गर्ने नगर्ने निधो गर्न सकेको छैन ।
सम्भवतः यसैको साइड इफेक्ट हुनसक्छ, राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको प्रजातन्त्र विषयक भर्चुअल  विश्वसम्मेलनमा १ सय १० देश निम्त्याइएका छन्, अमेरिकी परराष्ट्र विभाग (स्टेट डिपार्टमेण्ट) को निम्तो सूचीमा नेपाल परेको देखिएन । यो सम्मेलनमा चीन र उत्तर कोरिया पनि छैनन् । नेपाल पर्ला, पर्नसक्छ । तर, यसका लागि नेपालले एमसिसीप्रति पास हुने प्रत्याभूति दिन नसक्नुले अनेक समस्याहरू निम्त्याउने खतरा भने सन्निकट देखिन थालेका छन् ।