Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमालेमा ओली ओली, राप्रपामा थापा

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । हिन्दुराष्ट्र, राजसस्था पुनःस्थापना र संघियता खारेजीका लागि एकपल्ट राप्रपाको अध्यक्ष बन्ने अभियानमा कमल थापा लागेका छन् ।
उनले दृढताका साथ भनेका छन्– राप्रपालाई अग्रणी शक्ति बनाउने र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने मेरो संकल्प रहेको छ । राष्ट्रियता र हिन्दुत्वको धरातलमा सम्बृद्ध नेपाल बनाउने अभियानका लागि थापाले मसर्थन मागेका छन् ।
सुरूमा डा.प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबराले पनि अधयक्ष हुने चासो राखेका थिए । चासो राख्नेमा नेपालगञ्जका मेयर धवल शमशेर जबरा र एकमात्र सांसद राजेन्द्र लिङ्देन पनि रहेका छन् । राजेन्द्र लिङ्देनले अध्यक्षका लागि दावी पेश गरिरहेका छन् । तर, चुनाव हुने दिनसम्म राप्रपाभित्र के कस्तो खिचडी पाक्छ, कमल थापा सर्वसम्मत हुन्छन् कि भन्न सकिने अवस्था छैन ।
यथार्थ के हो भने राप्रपालाई यहाँसम्म ल्याउन कमल थापाले ठूलै मेहनत गरेका छन् । जति जति पार्टी ठूलो हुँदै जान्छ, विवादहरू बढ्नु स्वभाविक हो । यसकारण पनि केही परिवर्तन चाहने स्वरहरू गुञ्जिएका छन् । जनताले नपत्याएकालाई पार्टी कार्यकर्ताले किन पत्याउने, एकपल्ट युवालाई रोजौं भनेर आवाज उठेका छन् । यद्यपि पार्टीभित्र कमल थापाको मजबुत जरा रहेकाले ढाल्न मुस्किल देखिन्छ ।