Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अर्का बिरामीले ज्यान फाले

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

विराटनगर । छोराले आमा र भाउजुले दाजु, भाइले भाउजु मारेका खबर आइरहेका समयमा विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेको २१ हजार तिर्न नसक्दा अस्पतालको तेश्रो तलाबाटै हाम फालेर एक विरामीले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्ने गरीब हुन् मोरङको धनपालथान गाँउपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डल ।
मण्डलका आफन्त भन्छन्– उनलाई छारे रोग थियो, यही रोगका कारण उनलाई उपचारका लागि गोल्डन अस्पताल ल्याइएको थियो । अस्पतालले उपचारमा लागेको २१ हजार नतिरे जान नदिने भनेर ३ दिनदेखि खानसमेत नदिएर बन्दी बनाएको थियो ।
३ गते आईसीयु र पछि वार्डमा राखेर उपचार भएपछि ७ गते डाक्टरले डिस्चार्ज गरेका थिए । डिस्चार्ज गरेपछि उनलाई बिल थमाइएको थियो । १७ हजार तिरेको र बाँकी २१ हजार   छैन भन्ने थाहापाएपछि अस्पताल प्रशासनले उनलाई बन्दी बनायो ।
मोरङ प्रहरीले अस्पतालले भनेअनुसार मानसिक अवस्था ठिक नभएको र पैसा तिर्न नसकेर मण्डलले तेश्रो तलाबाट हामफालेको रिपोर्ट बनाएको आक्षेप खेपेको छ ।
जुन अस्पतालमा उपचारका लागि मण्डल आएका थिए, उपचार पनि भएको थियो, त्यही अस्पतालले डिस्चार्ज गरेपछि हामफालेर मृत्यु भएको रिपोर्ट बनायो र प्रहरीलाई बुझायो ।
मण्डलका आफन्त र अन्य देखिजान्नेहरूका अनुसार उपचारमा लागेको खर्च नतिरेसम्म घर जानबाट अस्पतालले रोकेका कारण मण्डल आत्महत्या गर्न बाध्य भएका हुन् भन्ने आरोप लगाइरहेका छन् । तर अस्पतालले प्रहरीलाई मानसिक अवस्था ठिक नभएकाले आत्महत्या गरेको हो, अस्पतालले बन्दी बनाएको अथवा पैसा तिर्नैपर्छ नभनेको वयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अस्पतालको कुनै लापरवाही नभएको भन्ने अस्पताल प्रशासनको वयानलाई प्रहरीले कसरी उचित मान्यो, यो विषयमा देशैभरि चर्चापरिचर्चा भइरहेको छ ।
कोरोनाको महामारीका समयमा राजधानीमै पनि विरामीलाई बन्दी बनाउने र पैसा असुल्ने काम अस्पतालले गरेका समाचार आएका थिए । शिक्षा, स्वास्थ्यको नागरिक हकलाई सरकारले व्यवस्थित गर्न नसक्दा नागरिकले उपचार पाउनबाट बन्चित हुने र आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुग्नु परेका अनेक घटना घटिरहेका छन् । तर सरकारले यस्ता घटनामा चासो राख्ने र घटना नदोहारियोस् भन्नेतिर सोचेको देखिन्न ।
उपचार चीनमा
थाइलेण्डको समितिभेज अस्पतालमा उपचार हुन नसकेपछि माओवादी नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।
हरेक नेताको उपचारका लागि राष्ट्रिय ढुकुटीबाट खर्च गरिन्छ । वर्षको ५ अर्व नेताको उपचारमा खर्च हुन्छ । भर्खर एमाले नेता झलनाथ खनालको ९१ लाख खर्च गरेर उपचार भएको छ । वर्षको ५ अर्वभन्दा बढी रकम नेताको उपचारमा खर्च हुन्छ र यो रकम जनताले गाँस काटेर तिरेको करको पैसा हो ।