Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राप्रपा विकल्प बन्ला त ?

०६ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । आधादर्जनपल्ट सर्दै सर्दै यही अब मंसिर १५–१७ मा राप्रपाको महाधिवेशन हुने निश्चित भएको छ । यो महाधिवेशन काठमाडौंमा हुनेछ । यसकारण राप्रपाको यो महाधिवेशनको नजारा सर्वसुलभ तरिकाले बुझ्न सकिने छ । पहिले पनि भृकुटीमण्डपमा नै महाधिवेशन भएको थियो । तर महाधिवेशनपछि यी तिनै नेताबीच फाटो बढ्यो र पशुपति शमशेर र डा.लोहनी अलग्गिएका थिए ।
अहिले नयाँ पुस्ता आए छाडिदिने लचकता अध्यक्ष कमल थापाको अभिव्यक्तिबाट थाहा हुन्छ । सम्भवतः यहीकारण डा. लोहनी र पशुपतिशमशेर जबरामात्र होइन, नेपालगञ्जका मेयर धवल शमशेर जबरा र एकमात्र सांसद राजेन्द्र लिङ्देन पनि पार्टी अध्यक्षमा उमेदवारी दिने प्रचार गरिरहेका छन् । तर, राप्रपाभित्रका कुरा बुझ्ने नेताहरू भन्छन्– अध्यक्ष पुनः कमल थापा नै हुनेछन् ।
राप्रपा अध्यक्ष कमल थापा यतिबेला वैकल्पिक पार्टी बनाउने अभियानमा यसरी लागेका छन्– ‘हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र र सुदृढ स्थानीय स्वायत्त शासनको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको निम्ति राप्रपा भन्ने सन्देश बोकेर जनताको माझमा जाऔँ । राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाऔँ ।’
वैकल्पिक शक्ति बन्ला अथवा पहिलेजस्तै नेतृत्व र अधिकारको मामिलामा पुन चिरा पर्ला त्यो त भविष्यले नै बताउला । तर हरेक राप्रपावादीले बुझेका छन्, टुक्रिनु भनेको किनारा लाग्नु हो । यो मूलमन्त्र हरेक राप्रपावालाले बुझेकै होलान् ।