Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एकता चिरा पार्ने चट्य्राङ

२२ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा भाग लिएर फर्केका प्रम देउवाले एयरपोर्टमै भनिदिए– एमसिसी पारित गर्न प्रचण्ड र मैले हस्ताक्षर गरेर पत्र पठाइसकेका छौं । फसाद प¥यो प्रचण्डलाई– उनले राजनीतिक सहमति गरेरमात्र पास गर्छौं भनेको हो, एमसीसी पास हुँदैन भनेर चिठी लेखेका हौँ । सत्ता साझेदारबीच नै यस्तो आरोप प्रत्यारोप, को  सही हो, को झूठा हुन्, गठबन्धनमा ठूलै चट्य्राङ बज्रिएको छ । 
माओवादी केन्द्रका नेता देव गुरुङले थप भनेका छन्– प्रमले झूठ बोलेका हुन् । प्रचण्डले एमसिसीमा सही गरेकै छैनन् । पत्र लेखेकै छैनन्, पास गर्छु भनेकै छैनन् । अर्थात सत्ता साझेदारबीच द्वन्द्वको गम्भीर अवस्था सिर्जना भएको छ । विवाद खुल्यो, यसले चरम अवस्था लिने खतरा छ किनकि आगामी निर्वाचनमा एमसिसीको विवाद नै मूल मुद्दा हुनेवाला छ । एमसिसी माग गर्ने प्रचण्ड नै एमसिसीका कारण चुनाव हारिन्छ भन्ने मनस्थितिमा देखिन्छन् ।
एमसिसीमा पत्र पठाएको हो कि होइन, दुबैले संयुक्त स्पष्ट पार्नुपर्छ । पत्र पठाएको हो भने पत्र सार्वजनिक हुनुपर्छ । जनता जान्ने हक राख्छन् ।