Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आन्दोलनले न्यायाधीश फेर्नु हुन्छ ?

२२ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । अधिवक्ताले प्रधानन्यायाधीशलाई विदा बस्नु, यो यो मुद्दामा यी यी  न्यायाधीश राख्नु, राजीनामा दिनु भन्न मिल्छ कि मिल्दैन ? अधिवक्ताले आन्दोलन गरेर प्रधानन्यायाधीशलाई अदालतमै पस्न दिन्नौं भन्ने मर्यादित तरिका हो ? अदालत परिसरमै प्रधानन्यायाधीशको पक्ष लागेर किन बोलेको भनेर आन्दोलनकारीले लातका लात हान्नु, मुूक्का ठोक्नु अधिवक्ताको आचरण हो कि होइन ? असभ्य अधिवक्तालाई नेपाल वारले किन कारवाही गर्दैन ? यी यस्ता प्रश्न हुन् जसको जवाफ अहिले खोजिएन भने नेपालको न्यायालय सेटिङ र अराजकतामा चल्ने हुनजानेछ ।
अदालत मन्दिर हो । न्यायाधीश र कानुनविदहरु चरित्रवान हुनैपर्छ । न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्टले न्यायालयका सकललाई दोषी देखाइसकेको छ । शुद्धिकरण गर्ने सदिच्छा हो भने यसका लागि सामुहिक बहस गरेर निकास निकालिनुपर्छ । होइन, एउटालाई निकलेर आफ्नो सेटिङ मिलाउने चाल हो भने आन्दोलनले व्यवस्था फेरिन सक्छ, आन्दोलनले विधि र प्रक्रिया कसरी तोड्न सकिएलन र ?