Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानसेनापतिको आक्रोश बुझौं

२२ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । देशमा संवैधानिक अङ्गहरु कुनैले पनि काम गरिरहेको छैन । कुनै अङ्गको विश्वसनीयता कायम छैन । एकप्रकारले संविधानले ‘नोज डाइभ’ गरिसकेको अवस्था छ । यहाँसम्म कि व्यवस्थापिका, कार्यपालिकामात्र होइन, न्यायपालिकामा समेत व्यापक अराजकता फैलिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्ट पढ्ने हो भने न्यायालय सेटिङ र भ्रष्टाचारको थलो बनिसकेको छ । यो अवस्था भनेको देश असफल राष्ट्र बनिसक्यो भन्ने हो । तर कुनै पनि नेता वा अधिकारी यो दुरावस्थाको जिम्मेवारी लिन तैयार देखिदैनन् । यो लोकतन्त्रकै दुर्भाग्य हो । लोकतन्त्र यसरी कति दिन चलाउने ?
यस्तो स्थितिमा प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको अस्मितामा धावा बोले सेना चुप लागेर नबस्ने बताएपछि राजनीतिक नेताहरु आश्चर्यमा परेका छन् ।
भारतले चुच्चे नक्सा आफ्नो बनाइसक्यो, जनगणना गर्नसमेत नदिने स्थितिमा छ । सीमा अतिक्रमण भइरहेकै छ । नेपाल भारत सम्बन्ध तताउनका लागि प्रम देउवा भारत जाने र त्यसअघि नै भारतीय प्रम नरेन्द्र मोदी नेपाल आउने खबर भित्रभित्रै चलिसकेको छ । यो अवस्थामा प्रधानसेनापतिले बोल्नु भनेको आन्तरिक अव्यवस्थाकै कारणले हो भन्ने लख काटिएको छ । हुन त मकवानपुर गडीमा पुगेर बोलेको र यो गडी सुरक्षाको दृष्टिकोणमा सधै उपयोगी रहने बताएका हुन् ।
प्रधानसेनापतिले महत्वपूर्ण गढीहरुको संरक्षण नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने बताएका छन् । नेपाली सेनाले मकवानपुरको चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
प्रधानसेनापति शर्माले आफ्नो नागरिक, आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन गढ, किल्लाहरुको धेरै ऐतिहासिक महत्व रहेको पनि बताए ।
नेपाली सेना राष्ट्रको अन्तिम सुरक्षा कवच हो । यही कवचको आधारभन्दा बढी केही बाँकी छैन । हरेक तह र तप्का भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ । सेनाले यो अवस्थामा बोल्नु भनेको नागरिकमा आशा र भरोसा जगाउनु हो ।