Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

को अग्रगामी, को प्रतिगामी ?

१५ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काडमाढा्रं । रविन्द्र मिश्र र मिलन पाण्डे अर्थात विवेकशील साझा पार्टीभित्र यसरी मतभिन्नता बढेको छ कि यो सानो पार्टी पनि टुक्रा हुने भयो । बैकल्पिक शक्ति बन्ने भनेर अघि बढेकाहरू युवाहरू यसरी बाझाबाझ गर्नु दुर्भाग्य हो ।
रबिन्द्र मिश्रले आमअपेक्षा बोल्दै भने– अब संघीयता मान्न सकिन्न । यही प्रस्ताव पार्टीमा पेश गरेर पारित पनि गराए । निहुँ यत्ति हो । अर्का नेता मिलनले विरोध गर्दै भनेका छन्– सो दस्ताबेजले सामाजिक द्वन्द्व निम्त्याउने खतरा बढेको ठहर गर्दै पार्टीलाई पश्चगामी बाटोमा जानबाट जोगाउने र लोकतान्त्रिक, अग्रगामी र सुसंस्कृत राजनीतिको बाटोमा अविचलित भई अगाडी बढ्ने निर्णय गरियो ।
युवाले हस्तक्षेप गर्ने बेलामा विद्यमान असंगतिपूर्ण राजनीतिलाई अग्रगमन भनेर के भनेको होला, स्वतन्त्र विश्लेषकहरू जिल्लाराम परेका छन् ।
यी दुई युवा, को अग्रगमनकारी, को पश्चगमनकारी ?
कुन त नेता हुन जालझेल गर्नुपर्छ, सेटिङ मिलाउनुपर्छ, असंवैधानिक काम गर्नुपर्छ, कानुनव्यवस्था मिच्नुपर्छ, नैतिकहीन हुनुपर्छ । भ्रष्टाचारी र दूराचारी त हुनैपर्छ, आफन्त र नातापाता च्याप्नुपर्छ । समानताका नाममा असमान हुनैपर्छ । यस्तो वर्तमान राजनीतिलाई सुधार गर्ने युवाले हो । युवा अब निस्कन्छन् भन्दा पार्टीभित्रै झगडा गर्छन्, ठूला पार्टीभित्र युवा चुपचाप सहेर बस्छन् । लोकतन्त्र गुण्डागर्दीतन्त्र बनिसक्दा पनि युवाहरूमा एकमतो आउँदैन भने देश सुध्रिन्न ।
युवाहरू पार्टी खोलेर यसरी क्लवमा झर्नु भनेको युवाशक्तिको अपमान हो । राजनीतिले अझै सही मार्ग लिनसकेन । यसैभन्छन्– राजनीतिक विश्लषकहरू ।