Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विप्लव चुनाव लड्न तैयार

१५ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । मोहन वैद्यले भनेका थिए– जोसँग जनताको समर्थन छ, त्यो राजनीतिक शक्ति हो । तर ठूला दलहरू आफूलाई मात्र राजनीतिक शक्ति सम्झेर अहंकारका साथ अघि बढ्दा लोकतन्त्र असफल भइसक्यो । देखाउनलाई लोकतन्त्रमा हुनुपर्ने सबै अवयवहरू छन्, तर कुनै संवैधानिक सञ्जाल सक्षम देखिदैनन् । यसअर्थमा लोकतन्त्र छैन देशमा । यसको कारण राजनीतिक शक्तिहरूलाई समेट्न नसक्नु हो ।
जनमत संग्रह गरौं, चुनाव लड्छौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भनेका छन् । जनताले चाहेजस्तो व्यवस्था हुनुपर्छ । वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत संग्रह हुनुपर्ने माग हाम्रो हो, विप्लवले स्पष्ट बताएका छन् ।
विप्लवले संविधानवादी सबैले सुन्ने र बुझ्ने भाषामा भनेका छन्– कांग्रेस र सरकारमा बसेका अन्य पार्टीहरू लोकतन्त्रवादी हुन् भने ल ठिक छ, हामी एकपटक चुनाव लड्न चाहन्छौं । संसदीय चुनाव लड्ने होइन । वैज्ञानिक समाजवाद रोज्ने कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने एकचोटी जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं । विप्लवले दाङमा आयोजित युवा संगठनको भेलाबाट यस्तो माग गरेका हुन् । उनले यही कार्यक्रममा आफ्नो यो विचार एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि आफ्नो कुरा राखेको खुलाएका छन् ।
प्रचण्डले एउटै कम्युनिष्ट पार्टी निर्माणमा लागेको बताएको केही समयमै विप्लवले भनेका छन्– मैले प्रचण्डलाई पार्टी मिलाऔं तर त्यो पार्टी मिल्नका लागि मिलाउने होइन । जनमत संग्रहका निम्ति र समाजवादमा पु¥याउन तथा जनतालाई स्वाधीनता दिनका लागि मिलेर जाऔं । चुनाव जित्नैका लागि भने हामीबाट एकता सम्भव छैन भनिसकेको पनि स्पष्ट पारे । अचम्म त के छ भने विप्लवले जनमत संग्रहका लागि कांग्रेस, एमाले वा माओवादी जो तयार भए पनि सहकार्य गर्छौं, उहाँहरू सहकार्य गर्न चाहनुहुन्न । बरू हामीलाई पनि आफैँजस्तो सत्तामा पु¥याउन चाहनुहुन्छ, हामी उहाँहरूको सत्ता–प्रवृत्ति हेरेर वाक्क भइसकेका छौं । जनतालाई ढाँट्न सत्तामा जान सम्भव छैन विप्लवले बताएका छन् ।
ओलीले प्रतिवन्ध लगाएको र ओलीले नै विप्लवलाई भूमिगतबाट सार्वजनिक राजनीतिमा आउन प्रेरित गरेका थिए । तर ३ बुँदे सहमतिअनुसार अझै सरकारले विप्लव माओवादीका सबै कार्यकर्ताहरूलाई छाडेको छैन । हामीसँग हतियार छैन, शंका नगरौं, प्रचण्ड, रामबहादुर, बाबुरामले धोका दिएको र हतियार त प्रचण्डले बेचेर खाइसकेको बताएर विप्लवले प्रचण्डको नियतमा पुनः प्रश्न उठाइदिएका छन् । एमसीसीका सम्बन्धमा विप्लवको स्पष्ट अभिव्यक्ति थियो– एमसिसी सहयोग हो भने स्वीकार्य सकिने तर विभिन्न शर्त राख्ने हो र स्वार्थका काम गर्न खोज्ने हो भने स्वीकार गर्न नसकिने बताएका थिए ।