Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चितवन कुरूक्षेत्र नै बन्ला त ?

१५ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । एमालेले अधिवेशन चितवनमा गर्ने निर्णय के ग¥यो, प्रचण्ड तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन मै पुगेर भन्न थाले– महाभारत हुँदैछ, चितवन कुरूक्षेत्र बन्दैछ । प्रचण्डकै मुखबाट फुत्कियो– देशमा फेरि एकपटक माओवादी आतंक देखिन थाल्यो ।
यो अवसरमा प्रचण्डले भनेका छन्– केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध एउटै पार्टीभित्र बसेर धेरै लडियो, उनको स्वेच्छाचारी प्रवृत्तिका विरूद्ध पार्टीमा धेरै आलोचना भए तर ओली प्रवृत्ति कायमै रह्यो । बाध्य भएर त्यसकाविरूद्ध लडाइँ लड्नुपर्ने भयो । उनलाई बिदा गरेरै छाडियो ।
५ दलीय गठबन्धनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनायो, त्यसपछिका सवासय दिनमा अग्रगमनकारी काम के भए, प्रचण्डले बताउन सकेनन् । यतिबेला प्रचण्ड र ओलीबीच दोहोरी चलिरहेको छ । एकले अर्कोलाई नङ्ग्याउन कुनै कसर बाँकी राख्ने गरेका छैनन् । आमनागरिकमा यिनको दोहोरी गालीगलौज सुनेर भन्न थालेका छन्– ओली निर्धक्क देखिन्छन्, प्रचण्ड डराएको मनस्थितिमा छन् ।
यसो भन्नेहरूले प्रचण्डको एक अभिव्यक्तिलाई पनि कारण देखेका छन् । यो अवसरमा प्रचण्डले भनेका छन्– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन् । यस विषयमा पनि लड्नै छ । स्मरणीय छ, चितवन कांग्रेस सभापतिले भनेका थिए– अबको चुनावमा चितवनमा माओवादीसँग तालमेल गरिन्न ।