Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

को बन्ला राप्रपा अध्यक्ष ?

१५ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । मंसिर ११ राप्रपाको महाधिवेशन । मिति जति निकट आउँदैछ, राप्रपाभित्रका आवाजहरू सार्वजनिक भइरहेका छन् । सबैको एउटै प्रश्न छ– वैकल्पिक शक्ति बन्न अघि सरेको राप्रपाको यो महाधिवेशन सफल हुन्छ, तर महाधिवेशनपछि यी तीन नेताको शक्ति सन्तुलन मिल्ला कि नमिल्ला ? मन जुट्ला कि नजुट्ला ?
कारण पहिले पनि एकीकरण भयो, महाधिवेशन भयो, तर पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष कमल थापाको निरङ्कूशता सहिन्न भनेर छुट्टिए । जसका कारण आमनिर्वाचनमा राप्रपाको एकसिट बाहेक पत्ता साफ भयो ।
१५ महिनाभित्र आमनिर्वाचन हुनेछ । मंसिर ११ देखि १३ को महाधिवेशनपछि पनि यसैगरी मिलेर अघि बढ्न नसकिए राप्रपाको हालत फेरि पतला हुनेछ । विवाद  मंसिर १ देखि ३ गतेभित्र महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा चलखेल गरेको र अन्यलाई काखा पाखा पारेको भएको आरोप प्रत्यारोप पनि चलेकै छ ।
आमधारणा छ– राप्रपा एक हुनुपर्छ, एक भएर चुनावमा जानुपर्छ । तबमात्र बैकल्पिक शक्ति बन्ने नबन्ने जननिर्णयलाई वास्तविक रुपमा हेर्न सकिएला ।