Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भागबण्डामै रूमल्लिएकाहरू

०८ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । प्रचण्ड र माधव नेपाल, प्रम देउवा, प्रचण्ड, बाबुराम भट्टराई र उपेन्द्र यादवबीच निरन्तर वार्ता भइरहेको छ । वार्ता बाढीपीडित, दुर्घटनामा परेकालाई राहत दिने विषयमा होइन, उद्योग मन्त्री, १ र ३ नम्बर प्रदेशमा सरकार गठन अर्थात उही भाग शान्ति जय नेपालको विषयमा भएको भएका छन् ।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुवै प्रदेशका मुख्यमन्त्री दावी गरेका छन् । नेताहरूबीच राजदूतको पनि भागबण्डा भएको छ । प्रम देउवा प्रदेश एकमा सिमेन्ट व्यापारी इन्द्र वानियालाई मुख्यमन्त्री बनाउने अडानमा छन् ।
देउवाले समाजवादीको संख्या कम छ भनेर तर्क गर्दा समाजवादीकै कम संख्याले तपाईलाई प्रधानमन्त्री बनायो कि बनाएन भनेर प्रश्न गरेको चर्चा छ । माधव नेपालले उद्योग मन्त्रीसमेत मागेका छन् । देउवाले अप्ठेरो छ भनेछन् ।
प्रधानन्यायाधीशमाथि नैतिकताको सङ्कट बढेकाले र सभामुखदेखि अन्य राजनीतिक मुद्दाहरूको फैसला हुनसक्ने कारणले पनि प्रचण्डले गठबन्धन सरकारको मेसेज लिएर प्रधानन्यायाधीशको निवासमै गएर भेटेको हुनसक्ने चर्चाहरू पनि छन् । भेट दिनु प्रधानन्यायाधीशको गल्ती भएको र भेट्न आउँछु भनेपछि प्रचण्डजस्ता नेतालाई भेट्दिन भन्न सकिन्थ्यो कि सकिन्थेन भन्ने विषयहरू पनि विश्लेषण भइरहेका छन् । स्थिति यस्तो छ कि सबै समस्या लगेर प्रधानन्यायाधीशको थाप्लोमा थुपारिएको छ र उनलाई हटाउने शक्तिको खेल चरमोत्कर्षमा पुगेको छ ।