Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनस“ग भारत तर्सिएको सङ्केत

०८ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

चीनले नेपाल, श्रीलङ्का, माल्दिभ्समा ठूलो लगानीगरिरहेको छ । यो लगानीले दक्षिण एसियामा खतरा बढाइरहेको छ ।  यसै भन्छन्– भारतका प्रमुख रक्षा मामिलाका अध्यक्ष विपिन रावत ।
चीन विश्वशक्ति बन्ने महत्वाकांक्षाका साथ लगानी बढाइरहेको छ । चीन दक्षिण एशिया र हिन्द महासागरमा आफ्नो व्यापक उपस्थिति बनाउँदैछ । चीनको लगानी र महत्वाकांक्षा अस्थिरताको कारण र ‘सर्वव्यापी खतरा’ हो । गत शनिवार विपिन रावतले एक लेक्चरमा यसै भने ।
रावतले भनेका छन्– ‘हामीले देखिरहेका छौं कि यो क्षेत्रमा आफ्नो हितको पूरा सुरक्षा प्रदान गर्नका लागि चीनद्वारा भू–रणनीतिक स्पर्धाको साथै भारी लगानी गरिँदैछ । यो क्षेत्रमा आफ्नो रणनीतिक प्रवेशका लागि चीनले नेपाल, श्रीलङ्का र माल्दिभ्समा उल्लेखनीय लगानी गरेको छ । यसबाहेक हालैका दिनमा उसले बंगलादेश र म्यानमारलाई पनि भारी सैन्य सहायता दिएको छ । भारतविरूद्ध पाकिस्तान प्रायोजित आतंकवाद र गैर सरकारी संगठनको गतिविधि दुबै देशबीच शान्ति प्रक्रियामा बाधा हो । चीनसँग पाकिस्तानको साँठगाँठ पनि भारतविरूद्ध हो ।’
जनरल विपिन रावतको विश्लेषण छ– ‘चीनसँग सीमा विवादलाई समग्रतमा हेर्नुपर्छ, लद्दाख सेक्टर वा पूर्वोत्तरका राज्यसँग मात्रै जोडिएको भनेर हेर्नुहुँदैन । पहिला पनि दुई देशबीच थुप्रै विवाद थिए जसलाई कुराकानीमार्फत सुल्झाइएको छ । यसपटक भने दुई देशबीचको शंका गहिरो छ र यसका लागि समाधानमा समय लाग्नेछ । मानिसहरूले सरकार र सेनामाथि विश्वास राख्नुपर्छ । साथै, क्षेत्रमा चीनको प्रभाव कम गर्नका लागि भारतले आफ्ना छिमेकी देशसँग संवाद अघि बढाउनुपर्छ ।’
नेपाल–भारत सम्बन्धमा चिसो बढेको छ, तताउन भारतले वार्ता थाल्ला छ ?