Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शान्तिसुरक्षा बममाथि पुग्यो

०२ मंगलबार , कार्तिक २०७८३ बर्ष अगाडि

रूपन्देहीको औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्वासीबीच भीडन्त भयो, ४ मारिए, ७० घाइते भए । यही सिलसिलामा पेट्रल बम फेला परे ।  किन र कुन उद्देश्यका लागि कसले यति धेरै बम बनाएछन् हजार थान बोतल बम ?
यो निकै महगो प्रश्न हो । सशस्त्र र प्रहरीले अनुसन्धान गरिरहेका छन्, अहिलेसम्म बोतल बम बारे खुलस्त हुन सकिरहेको अवस्था छैन । गत साता बुटवलको मोतीपुरमा सुकुम्वासीसँगको भिडन्तमा प्रहरी एपीसहित घाइते भयो भनेर सुकुम्वासीमाथि गोली चलाएर ४ जनाको हत्या गरियो । यो कस्तो सरकार हो, जसले पूर्व सरकारलाई दोष दिन्छ, जिम्मेवारी लिदैन ? पहिलेको होस् कि अहिलेको होस्, लोकतन्त्रमा लोक मार्नु लोकतन्त्र हुनसक्दैन । लोकको ज्यान बचाउने सरकारले हो । सरकार नै गोली हानेर जनता मार्न थाल्छ भने यो लोकतन्त्रका लागि कलङ्कपूर्ण स्थिति हो । यस्तो सरकारले आफूलाई लोकतान्त्रिक सरकार भनेर कहिले पनि पुष्टि गर्न सक्दैन ।
रूपन्देहीको मोतीपुरमा स्थानीयको घर र छाप्रोबाट हजारौं थान बोतल बम बरामद भएको हो । प्रहरीले सर्च गर्नुपर्छ, स्थिति हिंसात्मक नहोस् भनेर सुरक्षाका सबै उपाय अपनाउनु पर्छ । आपैm ज्यादति बढाएर जनता मार्नु लज्जाजनक हो । 
रानीगञ्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगञ्ज अझै तनावग्रस्त नै छ । सर्च अभियान चलाएपछि ‘पेट्रोल बम’ र घरेलु हतियार फेला पारेको सशस्त्रको दावी छ । यी बम कुन उद्देश्यका लागि कहाँबाट आयो, कसले बनायो, प्रहरीको अनुसन्धन जारी रहेको बताइन्छ । यति धेरै पेट्रोल बम पड्कियो भने स्थिति कति भयावह होला ? यतिमात्र होइन, यस्ता बमहरू देशका अन्य भागमा पनि हिंसा भड्काउन प्रयोग हुनसक्छन्, यसकारण अनुसन्धान सतही हुनुहुन्न । अनुसन्धानका नाममा जनतालाई दुःख दिनुपनि हुन्न । प्रहरीको काम सुरक्षा मजबुत पार्ने हो ।
कानुन व्यवस्था बिग्रन नदिन र उपचार तथा क्षतिपूर्तिको प्रवन्ध हुनुपर्छ र आइन्दा यस्ता हिंसात्मक घटना नहोस् भनेर सरकारले ध्यान दिन जरूरी छ