Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संविधान, संसद, सरकार कता छ ?

०२ मंगलबार , कार्तिक २०७८३ बर्ष अगाडि

काठमाडौं । गणतन्त्र हाँक्ने सारथीहरू सबैले सत्ता चलाए । कोही पनि सफल भएनन् । तैपनि उनीहरू आत्मरति गरिरहेका छन्– संविधान बचाइयो । अदालतले संसद बोलाइदिनुपर्ने, अदालतले परमादेश दिएर प्रधानमन्त्री तोकिदिनुपर्ने, अदालतका न्यायाधीशलाई मन्त्रीको कोटा दिनुपर्ने, कति कसरी बाँचेछ संविधान ?
जनताले खोजेको सुशासन हो, न्याय हो । विकास र प्रजातान्त्रिक अधिकार हो । जनता मरिहदा संविधान बाँच्छ ? पूर्वराजालाई समेत बोल्न पाइन्न भन्ने बाबुरामहरू संविधानमा खोट देख्छन्, लोकतान्त्रिक कुरा गर्छन् र निरङ्कूश व्यवहार देखाउँछन् । कति कसरी बाँचेछ संविधान ?
भारतीयले दिनदिनै सीमा र सुरक्षा लुटिरहेछन्, दिउँसै तुइन कोटेर नेपाली मारिरहेछन् । सरकारका प्रतिनिधि दिल्ली पुगेर ओली खराव भनेर कुरा लाउँछन् । कति कसरी बाँचेछ संविधान ? नङ्गा नाचे हजार दाउ हो लोकतन्त्र भनेको ?
लोकतन्त्रमा पार्टीको झोला बोक्नैपर्ने, नेताको पछि लाग्नैपर्ने बाध्यताले न्यायालय पनि अछुत रहेन, यस्तो अवस्थामा संविधान छ रे ? कहाँ छ ?