Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तरकारी, फलफूलपछि ग्यासमै तस्करी

०२ मंगलबार , कार्तिक २०७८३ बर्ष अगाडि

पर्सा, वीरगञ्जमा नेपालमा ल्याइरहेको ग्यास बुलेटभित्र १२० किलो गाँजा पक्राउ परेपछि भारतीयले नेपालमा अब तस्करी धन्दा बढाउँदै लगेको खुलासा भएको छ । असोज २७ गते ग्यास बुलेटमा गाँजा फेला परेको हो ।
वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा रोकिएको र त्यसका चालकहरूले शंकास्पद हाउभाउ गर्न थालेको देखेपछि सशस्त्रले ग्यास बुलेटलाई जाँच गरेको थियो । चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेपछि नेपाल आउने ग्यास बुलेटहरूले तस्करी धन्दा बढाएको खुलेको हो ।
प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको अवस्थामा भारतीय दूतावास र वीरगञ्जस्थित वाणिज्य दूतावासले प्रहरीलाई राफसाफ गरिदिन दबाब दिएको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोत भन्छ– यसअघि नेपाल आउने फलफूलका गाडीहरूमा गाडीका इन्जिन, अन्य तस्करीका सामान आउने गरेको र नियमित नेपाल भित्रिरहने तरकारीमा पनि तस्करी हुनेगरेको थियो । भारतीय दबाबकै कारण भारतीय गाडीहरूमा नियमित निगरानीमा टाइट नगरिएको हो ।
खासगरी भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतीय नक्सामा मिलाएपछि नेपाल–भारतबीच सम्बन्ध चिस्सिएको छ । यहीकारण भारतीय सुरक्षापोष्टहरूले भारताबाट नेपालतिर सामान ल्याउन कडाइ गर्ने, आवतजावतमा दुःख दिने गरिरहेको छ । सम्बन्ध नबिग्रियोस् भनेर सरकारले कडाइ नगर्दा भारतीय व्यापारीहरूले यही मौकामा तस्करी बढाइरहेको हुनसक्ने प्रहरीको आशंका छ ।