Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजा छैनन्, शक्ति छ, सहकार्य गरौं

२५ सोमबार , आश्विन २०७८५ बर्ष अगाडि

काठमाडौं । १२ बुँदे दिल्ली सम्झौतामा सही गर्नु गलत भनेर आत्मालोचना गरेको नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहितले विदेशी प्रभावबाट देशलाई बचाउन राजासँग मिलेर अघि बढ्ने बेला आयो भन्ने निष्कर्ष सुनाएपछि राजनीतिक बृत्तमा तीब्र तरङ् उठेको छ ।
 बिजुक्छे राजावादी होइनन्, उनी सत्तालोलुप पनि छैनन् । बिजुक्छको अभिव्यक्तिको मर्म हो– देशको बिग्रँदो अवस्थालाई सुधार गर्न राजासँग मिलेर अघि बढ्न जरुरी छ ।
केही दिनअघि योहो टीभीमा अन्तर्वार्ता दिने क्रममा नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले पनि देशको बिग्रदो स्थिति सम्हाल्नका लागि राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने बताएका थिए । यस्तै धारणा बिजुक्छेको आएको छ ।
मोहन वैद्यले पहिले पनि भनेका थिए– जोसँग जनताको समर्थन छ, त्यो राजनीतिक शक्ति हो । राजनीतिक शक्ति सबैसँग सहकार्य गर्नैपर्छ । वैद्यले कम्बोडियामा साम्राज्यवादीहरुसँग मिलेर लड्दा नरोद्दम सिंहानुकलाई पुनः राजामा पुनःस्थापना गरे जस्तै नेपालमा त्यस्तै कोर्षमा जान सकिने उनको धारणा हो । बिजुक्छेले संसारमा कहीँ पनि कम्युनिष्ट र राजातन्त्रबीच संघर्ष भएको छैन । रुस, चीनमा राजा र कम्युनष्टिबीच भिडन्त भएको होइन । त्यहाँ पुँजीपति वर्ग र कम्युष्टिबीच मात्रै संघर्ष भएको हो । नेपालको सन्दर्भमा पनि भारतीय बिस्तारवाद र अमेरिकी साम्राराज्यवादविरुद्ध उभिन तयार भयो भने राजतन्त्रबारे छलफल गर्ने ढोका खुल्छ ।
राष्ट्रिय स्वाधिनतता बचाउने हो भने राजनीतिक शक्तिहरु एकै ठाउँमा आउनैपर्छ । पूर्वाग्रह लिनुपर्ने कुनै कारण छैन । राजा छैनन्, शक्ति छ, नयाँ ढङ्गले सोचौं ।