Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भुटान अतिक्रमण रोक्न पक्की पर्खाल बनाउँदै

२५ सोमबार , आश्विन २०७८५ बर्ष अगाडि

भारतको असमसँग २६७ किलोमिटर, अरुणाचल प्रदेशसँग २१७ किलोमिटर, पश्चिम बंगालसँग १८३ किलोमिटर, सिक्किमसँग ३२ किलोमिटर समेत ६९९ किलोमिटर सीमा जोडिएको भुटानले यसरी फलामे डण्डीमा ढलान गरेर सीमामा पर्खाल बनाउन थालेको छ । यसरी ठूलो पर्खाल बनाएपछि अतिक्रमणको समस्या सदाका लागि हल हुनेछ ।
अति व्यस्त फुन्चोलिङ् क्षेत्र यही पर्खाल निर्माणका कारणले चकमन्न भएको छ । त्यसो त भारतले अगस्त ८, १९४९ मा दुवै देशबीच शान्ति र हस्तक्षेप नगर्ने नाममा गरिएको सन्धिमातहत भुटानको रक्षा र विदेश मन्त्रालयको जिम्मा भारतले लिएको छ । यही सन्धि अन्तर्गत ३३६ मेगावाटको चुखा जलविद्युत आयोजना भारतको सहयोगमा बनाइयो र भुटानले यस योजनाबाट बढीभन्दा बढी लाभ लिएर आर्थिक उन्नति गर्दै गएको छ । भुटानको वर्तमान परक्यापिटा इन्कम १० हजार ४ सय असी डलर छ । नेपाल विश्वमै दोस्रो ठूलो जलविद्युत शक्ति भएको मुलुक भएर पनि अझै लोडसेडिङको समस्या छ, परक्यापिटा इन्कम ४ हजार ६० रहेको छ । विश्वमै नेपाल–भारतबीच १८८० किलोमिटर खुला सिमाना छ । यही खुला सिमानाका कारणले नेपालको उन्नति हुन नसकेको हो ।
माओवादी जनयुद्ध समाप्त भयो । गृहयुद्ध छैन । लोकतन्त्र छ, संविधान छ, संसद र सरकार पनि छ । कानुन व्यवस्था भने खलबलिएको छ । इमान र नैतिकताको अभाव छ । यसकारण विदेशीले हेप्ने, दख्खल दिने, अनैतिक बन्न बाध्य पार्ने कार्य बढ्दै गएको देखिन्छ । ६६ हजार हेक्टर भूमि अतिक्रमण गरिसकेपछि भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्वाप्पै खाइसक्यो । यति ठूला ठूला क्रान्ति गर्ने पार्टीहरु सत्ता चलाउँछन्, १५ वर्षमा न देश सुरक्षित रह्यो, न नेपालको स्वाधीनता र सार्वभौमिकता नै सुरक्षित रहेको छ । बिस्तारै नेपाल शक्तिराष्ट्रहरुको मल्लयुद्ध गर्ने अखडा बन्न थालेको देखिन्छ ।