Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

हतियार उठाउ, पहाडीलाई लखेट

३२ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

संघीय समाजबादी लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष हुन् :  उपेन्द्र यादब। राष्ट्रिय नेताले बिख48डन र बिभाजनकारी अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन? यादवले साउन २९ गते कैलाली पुगेर थरुहठ आन्दोलनलाई हिंसात्मक बनाइदिन पहाडीहरु पहाडतिर जाउ, पहाडतिर नगए तिमीहरु सखाप हुन्छौ भनेर चेतावनी दिए। यादवले भनेका छन्– कैलालीदेखि चितवनसम्मको भूभाग थरुहठ हो, पर्सादेखि झापासम्मको क्षेत्र मधेसीको बिर्ता हो। यी दुबै क्षेत्रमा बाहुनक्षेत्रीलाई शासन गर्ने अधिकार छैन। यादवले सदियौंदेखि मिलेर बसेका पहाडी, मधेसीमा फूट ल्याउने र हिंसा फैलाउने अभिव्यक्ति दिदा समेत संविधान जारी गर्न हतारिएका चार दलले कुनै जवाफ दिएका छैनन्।
त्यही मञ्चमा संवोधन गर्न पुगेका सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आगोमा घ्यू थपे। नेपाललाई बाहुन क्षेत्रीले लुटेर खाए। मधेसी र थारुलगायतका जनजातिको हक, अधिकार खासेको आरोप लगाए। महतोले खुलेर औंलो ठड्याए– बाहुन क्षेत्री लुटेरा हुन्। नेपाल बाहुन क्षेत्रीले ठेक्का बनाएका छन्, अव हामी चुप लागेर बस्दैनौं । थारु र मधेसीले मधेसलाई आफ्नो बनाउन क्षेत्री बाहुनलाई पहाडमै लखेट्नुपर्छ।
कांग्रेसका सभासद हुन् अमरेश कुमार सिंह। केही दिन अघि नेपाललाई बंगलादेश, पाकिस्तान बनाइदिन्छौं भनेर धमास दिने सिंहले पार्टीमा स्पष्टिकरणसमेत दिइसकेका छन्। उनीमाथि अनुशासनको कारवाही किन हुन्न? भनेर संसदमै एमालेले पटक पटक प्रश्न गरिसकेका छन्। तर फेरि नि अमरेश कुमार सिंहले उपेन्द्र यादव र राजेन्द्र महतोसँगै उभिएर धम्क्याए– हतियार उठाएर पहाडीलाई मधेस र थरुहठबाट धपाउनु पर्छ। क्षेत्री बाहुन खसवादी हुन्, थारुले हतियार उठाएर नलखेटे कहिले पनि अधिकार पाउनेछैनन्। सुरु भयो– सुदूरपश्चिमबाट सामाजिक सद्भाड भड्काउने अभियान।