Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संघीयतामा भैंसी जुलुस

१८ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

जनकपुरधाम । संघीयताले कतिसम्म भ्रष्टाचार निम्त्यायो भन्ने प्रमाण जनकपुरमा भएको यो भैंसी जुलुस हो । सूचना नदिने, मनपर्दी गर्न थालेपछि संयुक्त संघर्ष समिति नै गठन गरेर नगरप्रमुख विजयशंकर साहसँगै कर्मचारीलाई भैँसीको संज्ञा दिएर जुलुस निकालेका छन् ।
केही नगरवासी रिले अनसनमा पनि बसेका छन् । अनसनलाई बेवास्ता गरेको १४औं दिन नगरवासीले भैंसी जुलुस निकालेर असन्तुष्टि प्रकट गरे । संयुक्त संघर्ष समितिका संयोजक सुरेश यादव भन्छन्– नगरवासीप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने नगर प्रशासन जनताको कुरै सुन्दैन । जनतालाई हेप्छ र जनताप्रति दुव्र्यवहार गर्छ । यो लोकतन्त्रमा अतिवादी चरित्र हो ।
संघर्ष समितिका सदस्य भन्छन्– चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टिन सञ्चालन र रोकथामको लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना जबसम्म पारदर्शी गर्न नगर प्रशासन तैयार हुँदैन, तवसम्म विरोध हुन्छ ।
संघर्ष समितिका महासचिव मेथल साहका अनुसार समितिले गएको जेठ २३ गते हुलाकमार्फत पालिकासँग विभिन्न सूचना माग गरेको थियो । त्यसअघि पनि पटक पटक लिखित र मौखिक रूपमा सूचना माग गर्दा नदिएकोले विरोध गर्नु परेको हो ।
कोरोना महामारीमा कसकसले राहत पाए, त्यसको नामावलीसमेत नगरले सार्वजनिक गर्न मानेको छैन । नगरका पोखरीको आम्दानी, केन्द्र र प्रदेशले पठाएको अनुदानको विवरण पनि नगरले लुकाएको छ । यसको अर्थ एउटै हुन्छ, नगरपालिकाभित्र व्यापक अनियमितता भइरहेको छ । जनता भ्रष्टाचारको विरोध गर्न भैंसी जुलुस निकालिरहेछन् ।